काठमाडौं ८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गर्ने भएका छन्।
कांग्रेस र नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्री पदमा आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका हुन्।
बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न साउन ८ गते ९आज० साँझ ५ बजेसम्मको समय सीमा दिएका हुन्।
सोहीअनुसार एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने भएका हुन्।
सोमबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने भनिए पनि दुई दलबीच मन्त्रालय भागबन्डा नमिल्दा आजलाई सारिएको थियो।
मुख्यमन्त्रीको नियुक्ति आजै साँझ हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्