ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काटिएका उद्योगमा आजै बिजुली जोडिने, बोर्ड बैठकले निर्णय गर्दै


एबीसी न्यूज
८ श्रावण २०८१, मंगलबार   १ : ४५   बजे

काकाठमाडौं ८ साउन । विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा मंगलबार नै लाइन जोड्ने भएको छ। ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत् जडान गर्ने सहमति भएको हो।

मंगलबार मन्त्रालयमा भएको छलफलमा बक्यौता रहेका उद्योगीसँग रकम उठाउने गरी विद्युत् जडान गर्न कुलमान घिसिङ तयार भएको मन्त्रालयका एक अधिकारीले बताएका छन्।

‘मन्त्रीज्यू र कुलमान घिसिङबीच एउटा समझदारी बनेको छ। अहिले काटिएका उद्योगको लाइन जाडन गर्ने,’ ती अधिकारीले भने, ‘व्यवसायीलाई बक्यौता तिर्नको लागि ३ महिनाको समय दिने भन्ने भएको छ।’

 

ऊर्जामन्त्री र कुलमान घिसिङबीच समझदारी बने पनि केही सञ्चालक समिति सदस्यले असहमति दर्ज गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगको लाइन तत्काल जोड्न शुक्रबार निर्देशन दिएका थिए। आइतबार र सोमबार संसदमा सम्बोधनका क्रममा लाइन जोड्नुपर्ने भन्दै उद्योगीको पक्षमा खुलेर वकालत गरेका छन्।

प्रधानमन्त्रीको निर्देशन आएसँगै ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरण र सञ्चालक समितिलाई लाइन जोड्नुपर्ने भन्दै २ पटक बोर्ड बैठक राखि सके। तर सहमति हुन सकेन। मंगलबार बहुमत सदस्यले लाइन जोड्ने निर्णय गर्ने भएको छ।

‘अब केही बेरमा बोर्ड बैठक हुन्छ होला। कार्यकारी निर्देशकज्यूले कुनै समझदारीको मोडालिटी प्रस्तुत गर्ने भन्ने सुनेका छौँ’, एक सञ्चालक समिति सदस्यले भने, ‘बहुमतले निर्णय हुने अवस्था रहे पनि हामी असहमति दर्ज गर्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu