काकाठमाडौं ८ साउन । छिमेकी देश भारतले नेपाललाई आफ्नो बजेटबाट दिने अनुदान बढाएको छ। वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको युनियनबजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड बढी अर्थात् ७ अर्ब भारु अनुदान छुट्याएकी हुन्।
आर्थिक वर्ष २०२४र२५ मा नेपालले भारतबाट ७ अर्ब भारु अनुदानमा पाउनेछ। गत वर्ष भारतले साढे ६ अर्ब भारु अनुदान छुट्याएको थियो।
यस वर्ष भारतले छिमेकीसहित विभिन्न देशलाई अनुदान छुट्याएको छ। यसअनुसार भुटानलाई २० अर्ब ६८ करोड, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई १ अर्ब २० करोड, नेपाललाई ७ अर्ब, श्रीलंकालाई २ अर्ब ४५ करोड, माल्दिभ्सलाई ४ अर्ब, म्यान्मारलाई साढे २ अर्ब, मंगोलियालाई ५ करोड, अफ्रिकी देशलाई २ अर्ब, युरेसियन देशर्लाइ २० करोड, ल्याटिन अमेरिकी देशलाई ३० करोड, अन्य विकासोन्मुख देशलाई १ अर्ब २५ करोड विनियोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस्