ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एक नं प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने’- मुख्यमन्त्री राई


admin
१५ फाल्गुन २०७४, मंगलबार   ५ : ५९   बजे

इनरुवा, १५ फागुन। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । उहाँले सबै क्षेत्रको केन्द्रका रुपमा रहेको सुनसरीलाई विकासको गतिमा लैजानका लागि घोषणाले एउटा इँट्टा थपेको बताउनुभयो ।

मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि नागरिकले संविधानअनुसार विकास गर्न पाउने जिम्मेवारी नागरिककै काँधमा आएकाले यो प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने प्रतिवद्धता जनाउनुभयो ।

मुख्यमन्त्री राईले स्पष्ट योजना र धारणाका साथ अगाडि बढेमात्र नागरिकले संविधानको मर्म र भावनाको अनुभूति गर्न पाउने भएकाले सूचकमा मात्र नभई व्यावहारिक बनाउने बताउनुभयो । उहाँले साक्षर जिल्ला घोषणा गरेर मात्र नभई त्यसको व्यावहारिक कार्यान्वयनका लागि साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युत्लगायतका आवश्यक भएकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला, तत्काल शुल्क नलाग्ने

बागमतीका तीन मन्त्रीलाई बर्खास्त गर्न राप्रपाले सभामुख र निर्वाचन आयोगलाई पत्र पठाउने

सम्बन्धित

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu