काठमाडौं ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका पाइलट मनिष शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज केएमसी मा उपचार भइरहेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
विमानमा सवार १९ मध्ये अन्य १८ जनाको मृत्यु भइसकेको छ। प्रहरीका अनुसार, १८ जनाकै शवहरू उद्धार गरेर अहिले त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।
साढे १२ बजेसम्म ३ वटा शव त्रिवि शिक्षण अस्पताल पु¥याइएको र तीनवटै शव चिकित्सकले मृत घोषणा गरेका छन्।
बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरू, एम्बुलेन्स लगायत खटिएको थियो।
क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए।
क्याप्टेन मनिषरत्न शाक्य २०१२ मा स्रिमिक एयरलाइन्सबाट उडान सुरु गरेका थिए। करिब ३ वर्ष सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरको रुपमा काम गरे।
शाक्य २०१४ देखि सिम्रिक एयरलाइन्समा सुरु गरे।
पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन्। शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्