इलाम, १५ फागुन । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम चुलाचुली–९ का २७ वर्षीय राजमान भनिने राजु लिम्बूलाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको ३ (२) बमोजिम लिम्बूलाई आठ वर्ष कैद र रु २५ हजार पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । १३ वर्षीया एक बालिकालाई २०७३ साल चैत २६ गते बलात्कार गरेको आरोपमा लिम्बूलाई प्रहरीले गत वैशाख २ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्