ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस ओलम्पिक महिला फुटबलमा कुनकुन देश सहभागी हुँदैछन् ?


एबीसी न्यूज
१० श्रावण २०८१, बिहिबार   १२ : २४   बजे

काठमाडौं १० साउन । फ्रान्सको पेरिसमा हुन लागेको ३३ औं गृष्मकालीन ओलम्पिकको उद्घाटनभन्दा २ दिन अगाडि नै महिला फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । पहिलो दिन आज ४ खेल हुनेछन् ।

पहिलो दिन आज समूह एबाट क्यानडा र न्युजिल्यान्ड भिड्नेछन् । समूह बीबाट जर्मनी र अष्ट्रेलियाले खेल्नेछन् भने समूह सीबाट आज २ खेल हुनेछ । जसमा पहिलोमा स्पेन र जापानबीच खेल हुनेछ । दोस्रोमा नाइजेरिया र ब्राजिल भिड्नेछन् ।

सन् १९९६ बाट गृष्मकालीन ओलम्पिकमा महिला फुटबल पनि समावेश गरिएको हो । पुरुषको भन्दा केही फरक तरिकाले ओलम्पिकमा महिला फुटबलको लागि नियम बनाइएको छ ।

पुरुषमा यू–२३ का खेलाडी भनिए तापनि महिलामा भने सिनियर खेलाडीले नै ओलम्पिक खेल्नेछन् । यो एक पूर्णता अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसमा विश्वकका उत्कृष्ट महिला फुटबलको खेल हेर्न पाइनेछ ।

महिला फुटबल ओलम्पिकमा कुनकुन टिम सहभागी छन् रु

महिला फुटबलका लागि १२ वटा टिमले पेरिस ओलम्पिक २०२४ खेल्नेछन् । १२ टिमलाई ३ समुहमा बाँडी खेल खेलिनेछ ।

समूह ए स् फ्रान्स, कोलम्बिया, क्यानडा, न्युजिल्यान्ड
समूह बी स् अमेरिका, जाम्बिया, जर्मनी, अष्ट्रेलिया
समूह सी स् स्पेन, जापान, नाइजेरिया, ब्राजिल

महिला फुटबलको फर्म्याट स्

हरेक समूहका शीर्ष २ टिम क्वाटरफाइनलमा पुग्नेछन् । त्यसबाहेक ३ समूहको शीर्ष ३ मा आएकामध्ये २ टिमले पनि क्वाटरफाइनल खेल्न पाउनेछन् । यही ८ टिमबाट ४ टिमले सेमिफाइनल र २ टिमले स्वर्णको लागि फाइनल खेल्नेछन् भने सेमिफाइनलमा हारेका २ टिमले कास्यको लागि प्रतिस्पर्धा गर्नेछन् ।

हरेक टिममा १८ जना खेलाडी राख्न पाइने प्रावधान रहेको छ । जसमा ४ जना रिजर्भ खेलाडी छुट्टै राख्न पाइनेछ ।

कुनै पनि खेलको निर्धारित ९० मिनेटको समयमा खेल बराबरीमा रोकिएमा १५÷१५ मिनेटको २ हाफ खेल खेलाइनेछ । त्यसमा पनि खेल बराबरी भएमा पेनाल्टीबाट खेलको विजेता छानिनेछ ।

स्पेन डेब्युमै उपाधिको दाबेदार स्

स्पेन हाल ओलम्पिकका लागि पनि सबैभन्दा बलियो महिला फुटबल टिम हो । पहिलो पटक ओलम्पिकमा छनोट भएको स्पेनको महिला टिम डेब्युमा नै स्वर्ण जित्ने क्षमता राख्छ ।

अर्को प्रबल दाबेदार टिम अमेरिका हो । अमेरिका हाल नयाँ प्रशिक्षक इम्मा हायसको प्रशिक्षणमा ओलम्पिक खेल्नेछ । यो दौडमा जमर्नी र घरेलु टिम फ्रान्स पनि निकै बलियो उपाधि दाबेदार हुन् ।

कुन कुन प्रख्यात खेलाडीले खेल्दैछन् रु

पेरिस ओलम्पिकमा भाग लिने प्रख्यात महिला खेलाडीमा स्पेनकी बालोन डी’ओर विजेता ऐताना बोनमाटी पनि हुन् । ब्राजिलकी अनुभवी फरवाड मार्टा, कोलम्बियाकी लिन्डा केसेडो, फ्रान्सकी अनुभवी डिफेन्डर वेन्डी रेनार्ड र अमेरिकाको लागि उत्कृष्ट स्ट्राइकर सोफिया स्मिथ हुन् ।

खेलको तालिका स्

समूह चरण स् जुलाई २५–३१ ९साउन १० देखि १६०
क्वाटर फाइनल स् अगष्ट ३ ९साउन १९०
सेमिफाइनल स् अगष्ट ६ ९साउन२२०
कांस्यको लागि स् अगस्ट ९ ९साउन२५०
स्वर्णरफाइनल स् अगष्ट १०९साउन २६०

खेल हुने रंगशालाहरु स्

महिला फुटबल खेलहरु फ्रान्सका ७ वटा स्टेडियममा हुनेछन् ।

बोर्डो स्टेडियम, बोर्डो
जियोफ्रोय–गुइचार्ड स्टेडियम, सेन्ट इटिएन
ला ब्यूजोर स्टेडियम, नान्टेस
ल्योन स्टेडियम ९ल्योन नजिक डेसिनेस चारपियू०
मार्सेल स्टेडियम, मार्सेल
नाइस स्टेडियम, नाइस
पार्क डेस प्रिन्सेस, पेरिस

सबैभन्दा बढी उपाधि जित्ने टिम

हालसम्म ओलम्पिकमा महिला फुटबलमा सबैभन्दा बढी स्वर्ण जित्ने टिम अमेरिका हो । यो टिमले चार पटक ओलम्पिकमा स्वर्ण जितेको छ ।

अमेरिकाले पछिल्लो पटक २०१२ मा लन्डनमा भएको ओलम्पिकमा स्वर्ण जितेको थियो । टोकियो ओलम्पिकमा भने अमेरिका कांस्यमा सीमित भएको हो । जर्मनी, क्यानडा र नर्वेले हालसम्म १र१ पटक ओलम्पिकमा स्वर्ण जितेका छन् ।

क्यानडा डिफेन्डिङ च्याम्पियन हो । २०२० ओलम्पिकमा क्यानडाले स्विडेनलाई पेनाल्टीमा हराउँदै स्वर्ण जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

सम्बन्धित

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu