काठमाडौं १० साउन । एसियाली क्रिकेट काउन्सिल एसीसी को आयोजनामा श्रीलंकामा भएको एसीसी महिला एसिया कपमा नेपाली टोलीले एउटा जित दर्ता गरेर श्रीलंकाबाट फर्किएको छ।
तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको नेपालले यसअघि उक्त प्रतियोगितामा सहभागितामै चित्त बुझाउनुपरेको थियो।
यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने युएईलाई हराउँदै नेपालले एसिया कपमा ऐतिहासिक एउटा जित दर्ता गरेको हो।
त्यसो त यसपालि पनि नेपाल समूह चरणबाटै बाहिरिनुपरेको छ। प्रतियोगितामा आफ्नो अन्तिम खेलमा नेपालले गत मंगलबार साविक विजेता भारतसँग ८२ रनले पराजय बेहोर्नुपरेको थियो।
एसीसी महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा भएको थियो।
प्रतिक्रिया दिनुहोस्