ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौमतीको बृहत्तर विकासका लागि काठमाडौंमा छलफल


abc tv
१३ श्रावण २०८१, आइतबार   ९ : ५०   बजे

काठमाडौं । सिन्धुलीमाढीस्थित गौमती नमुना माध्यामिक विद्यालय तथा क्याम्पसको बृहत्तर विकासका लागि काठमाडौंमा छलफल भएको छ ।

गौमतीका पूर्वविद्यार्थी, पूर्वशिक्षक, अभिभावक लगायतको उपस्थितिमा शनिवार काठमाडौंमा छलफल भएको हो ।

बृहत्तर गौमती विकास समाज र गौमती पूर्वविद्यार्थी समाजको आयोजनामा भएको सो कार्यक्रममा गौमतीलाई समय सापेक्ष कसरी बनाउँदै लैजाने र शैक्षिण गुणस्तर कसरी सुधार गर्दै लैजाने लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बृहत्तर गौमती विकास समाजका अध्यक्ष तथा गौमतीका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद ढकालले गौमतीको शैक्षिक गुणस्तर उकास्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

गौमतीको बृहत्तर विकासका लागि अब चाँडै संस्थागत रुपमा अघि बढ्ने निधो भएको छ । त्यसका लागि विधान तयार भइसकेको जानकारी उनले दिए ।

विधानबारे बृहत्तर गौमती विकास समाजका तर्फबाट पूर्वप्रधानाध्यापक गोकर्ण थापाले जानकारी गराए । विधानको उद्देश्य, योजना र रणनीतिबारे उनले प्रष्ट पारे ।

गौमतीका शिक्षक शंकर ढकालले बृहत्तर गौमती विकास समाज स्थापनाको औचित्य र आवश्यकताका बारेमा प्रष्ट्याएका थिए ।

कार्यक्रममा पूर्वशिक्षक डविन्द्र थापा, पूर्वविद्यार्थीहरु अमरेशचन्द्र बैदार, यादव गुरुङ, महेन्द्र सापकोटा लगायतका सुझाव राखेका थिए ।

कार्यक्रममा स्वागत गर्दै गौमती पूर्वविद्यार्थी समाजका अध्यक्ष डण्ड गुरुङले अब ग्रेटर गौमतीको अभियानलाई सशक्त रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण घिसिङ, कमलामाई नगरपालिका ६ का अध्यक्ष उज्वल थापा, क्याम्पस प्रमुख दिलबहादुर केसी, विद्यालयका प्रधानाध्यापक दिपक बुढाथोकी, अभिभावक विष्णु श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रम गौमती पूर्वविद्यार्थी समाजका सचिव बरुण लामिछानेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group