ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीति कार्यान्वयनमा : कर्जा नोक्सानी रकममा बैंकलाई, चेक बाउन्समा व्यवसायीलाई राहत


एबीसी न्यूज
१७ श्रावण २०८१, बिहिबार   १२ : ४३   बजे

काठमाडौं १७ साउन ।  चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थालाई राष्ट्र बैंकले सर्कुलर जारी गर्दै कार्यान्वयनमा ल्याएको छ।

योसँगै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नोक्सानी व्यवस्थापनमा राहत पाएका छन्। यसअघि कर्जा नोक्सानी व्यवस्थामा कुल कर्जाको १।२० प्रतिशतदेखि १०० प्रतिशतसम्म रकम छुट्याउनुपर्ने प्रावधान थियो।

राष्ट्र बैंकले कर्जाको वर्गीकरण गर्दै असल कर्जामा छुट्याउनुपर्ने रकमलाई १।२० बाट १।१० प्रतिशतमा झारेको छ भने खराब कर्जाको रेसियो ४ प्रतिशतमाथि पुगिसकेको अवस्थामा वाणिज्य बैंकहरुलाई सुविधा दिँदै कर्जा वर्गीकरणमा पनि खुकुलो बनाइदिएको छ।

यसअघि कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको सावाँ ब्याज बुझाएका ऋणीलाई मात्रै खराबबाट शंकास्पद, शंकास्पदबाट कमसल, कमसलबाट सूक्ष्म निगरानी र सूक्ष्म निगरानीबाट असल ऋणीमा स्तरोन्नति गर्न सकिने व्यवस्था थियो।

अब कर्जाको सावाँ ब्याज तिर्न थालेबाटै बैंकहरुले स्वमुल्यांकन गरेर सूक्ष्म निगरानीबाट ऋणीलाई असल ऋणीमा स्तरोन्नति गर्न पाउनेछन्।

त्यस्तै निष्क्रिय कर्जालाई घटाउँदै कर्जा नोक्सानी व्यवस्थाअन्तर्गत बैंकहरुको लागतलाई कम गर्न पनि राष्ट्र बैंकले निष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जाको किस्ता र ब्याज आंशिक भुक्तानी भई निष्क्रिय वर्गमै रहने अवस्थामा सोही वर्गभित्र स्तरोन्नति गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्न पाउने भएका छन्।

यसले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याउनुपर्ने रकमलाई घटाउन मद्दत पुर्‍याउँछ।

यस्तै पूर्वाधार निर्माणलगायतका परियोजनामा कर्जाको ग्रेस अवधि ४ वर्ष रहेको अवस्थामा बैंकहरुले पहिलो वर्ष ०।२७५ प्रतिशत, दोस्रो वर्ष ०।५५ प्रतिशत, तेस्रो वर्ष ८२५ प्रतिशत र चौथो वर्ष १।१० प्रतिशत रकम कर्जा नोक्सानी व्यस्थापनमा छुट्याए पुग्ने भएको छ।

ऋण लिएका निर्माण व्यवसायीहरुको मुल्यांकन गरेर परिस्थितिवश समस्यामा परेका व्यवसायको कर्जा २०८१ मंसिरसम्म भुक्तानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो भुक्तानी असारसम्म गरिसक्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै मंसिरसम्म भुक्तानी गरे पुग्ने व्यवस्था गरिएको हो।

योसँगै निर्माण व्यवसायरव्यवसायीलाई चेक बाउन्स भएकै आधारमा कालोसूचीमा राखेर बैंकिङ सुविधाबाट वञ्चित गर्न नपाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group