ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुल्के बेसीँमा विकासले निम्त्याएको विनाश


एबीसी न्यूज
१८ श्रावण २०८१, शुक्रबार   १२ : १२   बजे

काठमाडौं १८ साउन । भुल्के बेसीँमा गएराती अविरल वर्षासँगै आएको बाढीले सुनकोशी गाउँपालिका–६ भुल्के दोभानमा धान खेत पुरिएको छ । भुल्केका करिब १६ जनाको धान रोपिएको खेत बाढीसँगै आएको खहरेले पुरिएको हो ।

भुल्के ताप्के डाडाँ हुँदै सुनकोशी गाउँपालिका सदरमुकाम जान खनिएको सडकका कारण वर्षासँगै आएको खहरे बाढीले भुल्के दोभानको खेत र धान पुरिएको स्थानीय प्रभा गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार सडक खनिएको कारण माथि पाखाबाट आएको खहरेले भुल्के र मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुर जोड्ने झोलुङ्गे पुलमा पनि क्षती पुगेको छ । यसका साथै मानेभञ्ज्याङ माधवपुरको माटे दोभानमा पनि बाढीसँगै आएको खहरेले खेत पुरिएको छ ।

त्यहाँ पनि सडक खनिएको कारण वर्षासँगै आएको खहरेले खेत पुरिएको छ । भुल्के दोभानमा के कती क्षेत्रफलमा क्षति पुगेको भन्ने बारे विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो ।

स्थलगत अनुगमन गरेर क्षतिको विवरण सङ्कलन गरिने अध्यक्ष तामाङको भनाइ छ । सडक खनिएकै कारण वर्षासँगै आएको खहरे बाढीले धान खेत पुरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमरेश सिंहको आरोप– ‘प्रधानमन्त्रीले अख्तियारको साख गिराउने काम गरिरहेका छन्’

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu