ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद महतोले कर्मचारीलाई घुस दिएका होइनन्, बहकिएर बोले-छानबिन समिति


एबीसी न्यूज
१८ श्रावण २०८१, शुक्रबार   १२ : २५   बजे

काठमाडौं १८ साउन । गत साउन ६ गतेको संसद् बैठकमा सांसद वीरेन्द्रप्रसाद महतोले पाठ्यक्रम विकास केन्द्रमा कर्मचारीलाई घुस दिएर काम गरेको बताएका थिए। पूर्वमन्त्रीले नै घुस खुवाउनुपरेको खुलासा संसदमा गरेपछि धेरै मानिस आश्चर्यमा परेका थिए।

तर, अनुसन्धानबाट महतोले झुटो बोलेको पाइएको छानबिन समितिले जनाएको छ। सांसदले संसदमा भनेजस्तो कर्मचारीलाई रकम दिएर काम लगाएको नपाइएको छानबिन समितिका संयोजक वसन्तप्रसाद कोइरालाले जानकारी दिए।

जसपा सांसद महतोले आफ्नो छोराको समकक्षता लिन पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई बिचौलियामार्फत् पाँच हजार रूपैयाँ घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए।

संसदको रोस्ट्रमबाटै सांसदले यस्तो बताएपछि शिक्षा मन्त्रालयले यस विषयमा छानबिन गर्न समिति गठन गरेको थियो। शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिलाई यथार्थ विवरण पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो।

मन्त्रालयको विद्यालय शिक्षा शाखाका उपसचिव रामप्रसाद शर्मा र कानुन शाखाका अधिकृत पुष्पा वाग्ले सदस्य रहेको उक्त समितिले छानबिनपश्चात् मंगलबार शिक्षामन्त्रीलाई प्रतिवेदन बुझाएको छ।

‘हामी सम्बन्धित निकायमा गयौँ, त्यो शाखामा काम गर्ने कर्मचारी, जसलाई माननीयज्यूले भन्नुभएको छ, त्यो व्यक्ति, त्यहाँ तत्काल उपस्थित भएका सेवाग्राहीसँग पनि कस्तो छ सेवा भन्ने विषयमा कुरा गर्‍यौँ, सम्बन्धित माननीयज्यू, अनि सेवाग्राही ९जसको विषयमा त्यहाँ कुरा उठान भएको थियो०, उहाँहरूसँग छलफल गर्‍यौँ, दुवै पक्षको कुराको भेरिफिकेसन गर्‍यौँ।

भेरिफिकेसन गर्दा उहाँले जुन हिसाबले कुरा उठान गर्नुभएको छ, त्यो र त्यहाँको वस्तुगत तथ्यबीच कुरा मिलेन। सारमा भन्दा जुन हिसाबले त्यहाँ प्रतिनिधि सभामा कुरा उठेको थियो, त्यो अनुसार छैन,’ समितिका संयोजक कोइरालाले भने।

‘उहाँले जसलाई दिएको थिएँ भन्नुहुन्थ्यो, त्यो मान्छे अफिसको कर्मचारी पनि होइन। उहाँहरूको हतारोलाई हेर्दा कसैले सहयोग गरेको देखिन्छ काम गर्नलाई, त्यो को हो भन्ने कुरा कसैलाई थाहै छैन,’ उनले भने।

छानबिन समितिसँग सांसदले भने स् भावनामा बगेर बोलेँ
छानबिन समितिसँग महतोले आफूले भावनामा बगेर त्यो प्रसङ्ग जोडेको बताएका छन्।

‘उहाँले उठाउनु भएको विषय पनि एउटा सेन्टिमेन्टमा उठाएको हो भन्ने खालको कुरा आयो,’ सांसदले छानबिन समितिसँग भनेको कुराबारे कोइरालाले भने, ‘प्रतिनिधि सभामा उठाएको कुरा एउटा सन्दर्भमा उठान गरेको भयो, त्यहाँ भएकै घटना अथवा त्यस्तै किसिमको घटना भएको छ त्यहाँ भनेर मैले पूरै भनेको होइन, त्यहाँ कामको सिलसिलामा यस्तो हुन्छ नि भन्ने खालको कुरा गरेको भन्नुभयो।’

तर, सांसद महतोले साउन ६ गतेको बैठकमा आफ्नो छोराको समकक्षता लिन जाँदा शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस बुझाएको बताएका थिए।

सेवाग्राहीले अनलाइनबाटै सेवा लिन सक्ने भएकाले त्यहाँ गएर घण्टौँ कुर्न नपर्ने भन्दै कोइराला भन्छन्, ‘हाम्रोमा सिस्टम के हो भन्दा सेवाग्राही सेवा लिनलाई आइरहनु पर्दैन, सबै कुरा हाम्रो अनलाइन सिस्टमबाट हुन्छ। विद्यार्थीहरूले समकक्षता लिन अफिस पुगिराख्नु पर्दैन।’

सांसदले सदनमा घुस दिएको बताएपछि शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्र अन्तरगतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाका अधिकृतलाई छानबिन हुन्जेलसम्मका लागि भन्दै जिम्मेवारीबाट हटाएको थियो।

के भनेका थिए सांसदले संसद् बैठकमारु
कर्मचारीको तलब कम भएको भन्दै सांसद महतोले पर्याप्त तलब नपाएपछि कर्मचारीले रहरले नभई बाध्यताले घुस खाने बताएका थिए।

उनले भनेका थिए

म भूपू मन्त्री। र, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु। कसले पत्याउँछरु पत्याउनुहुन्छरु मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन्, यो मिलेन, त्यो मिलेन, यसो भएन, किन मिलेन भन्दाखेरी सबै कागज मिलेको छ, म आफैँ गएँ।

म आफैँ जाँदाखेरी त्यो एउटा अधिकृतले के भन्यो भने यो कागज मिलेको छैन। मैले भनेँ, भाइ, दसौँवटा विद्यार्थीको तिमीले गरेका छौ, यो किन गर्दैनौ भन्दा हैन यो मिलेन, म चिया खाने टाइम हो भन्यो। चार बजेसम्म कुरेँ आएनन्। त्यो बिचौलियालाई गएर पाँच हजार रूपैयाँ दिएँ, म बसिरहेँ, पाँच मिनेटमा काम गराएर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं। भ्रष्टाचार रोक्ने कुरा गर्छौं। कहाँबाट रोक्ने, तलबाट रोक्ने कि माथिबाट रोक्नेरु त्यो कुरा त हामी स्पष्ट हुनुपर्‍यो नि।

सांसद महतोले सदनमा बोलेको यस विषयमा अन्य सांसदहरूले सरकारको जवाफ समेत मागेका थिए। सांसदहरूको प्रश्नमा गृहमन्त्री रमेश लेखकले यो विषयमा छानबिन भइरहेको जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group