ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थ्रेसहोल्ड १० प्रतिशत बनाउने भन्ने कुरा शंकर पोखरेलको निजी कुरा हो, पार्टीको होइनः मन्त्री पृथ्वीसुव्वा गुरुङ


एबीसी न्यूज
२० श्रावण २०८१, आइतबार   ६ : ४६   बजे

https://fb.watch/tKzLzj-uNw/

काठमाडौं २० साउन । सरकारका प्रवक्ता तथा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्बा गुरुङले समानुपातिक हटाउने र थे्रेस होल्ड १० प्रतिशत गर्ने भन्ने पार्टी महासचिव शंकर पोखरेलको भनाई नितान्त निजी कुरा भएको बताएका छन् । गुरुङले भने– ‘एमाले पार्टी र गठबन्धन सरकारमा संविधान संशोधनको विषयमा अहिलेसम्म कुनै पनि तरिकाले छलफल समेत भएको छैन‘ उनले भने– थ्रेस होल्ड १० प्रतिशत राख्नुपर्छ भन्ने कुरा साना दल मास्ने मात्र होइन कि समानुपातिक र समावेशी व्यवस्था नै सिद्धाउने कुरा हो ।‘
एबीसी टेलिभिजनको शनिबार राती प्रसारित आउटलुक कार्यक्रमा बोल्दै सूचना तथा सञ्चार मन्त्री रहेका गुरुङले भने ‘आज कसैले चाहेर पनि समानुपातिक र समावेशी प्रणाली हटाउन नसक्ने सक्दैन । प्रधानसम्पादक शुभशंकर कँडेलसँगको अन्तर्वार्तामा मन्त्री गुरुङले भने ‘बहुदली जनवाद मान्ने पार्टीले दुई दलीय व्यवस्थाको वकालत गर्न सक्दैन । कुनै पनि देशमा कतिवटा पार्टी बन्छन् र कस्ता पार्टी बन्छन् भन्ने कुरा त्यो देशकमा सामाजिक सांस्कृतिक बनोटमा भर पर्ने कुरा हो ।‘ गुरुङले भने कसैलाई मनगढन्ते हिसावले लाग्दो हो दुई वटा पार्टी मात्र भए पो राम्रो हुन्छ कि क्या हो ? उनले भने – यो अमेरिका होइन ।
यसभन्दा अघि गण्डकी प्रदेशको पहिलो सफल मुख्यमन्त्री समेत भएका एमाले उपमहासचिव गुरुङले प्रदेश हटाउने भन्ने सोच्ने भन्दा पनि अझ कसरी बलियो बनाउने र माथिका नेताहरुको कठपुतली बन्नबाट कसरी रोक्ने भन्ने बारेमा सोच्नुपर्ने बताए । संविधान निर्माण गर्ने बेलामा नै हाम्रो जस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा बढी प्रदेश गराउँदा नै देशको अखण्डता र सर्वाभौमसत्ता बलियो हुने भन्ने आधारमा प्रदेशको संरचना गराइएको मन्त्री गुरुङले स्पष्ट गरे ।
गुरुङले यो सरकारले व्यवहारबाट आफ्नो औचित्य पुष्टि गर्नु पर्दछ भन्ने बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मन्त्रीलाई निर्देशन दिएको बताए । कांग्रेस र एमाले मिल्नु पर्ने विन्दु आएको पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि सन्दर्भ विना नरेन्द्र मोदीको सपथ ग्रहणमा गएर आएपछि कांग्रेस सभापतिसँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि उत्पन्न भएको भएको । प्रचण्डको त्यो प्रस्तावको उद्धेश्य त फेरि पनि एमालेलाई माइनस गरेर कांगे्रेससँग मिलेर प्रधानमन्त्री बनिरहने देखेपछि ओलीले अग्रसरता लिएको स्पष्ट गरे।
यो अन्तर्वार्ता एबीसी टिभी नेपाल नामक युट्युव च्यानलमा पनि हेर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

सम्बन्धित

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu