ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने – प्रचण्ड


एबीसी न्यूज
२१ श्रावण २०८१, सोमबार   ८ : १०   बजे

काठमाडौं, २१ साउन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरुको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन् ।यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री प्रचण्डले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए ।उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।’

माओवादी अध्यक्ष प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधी नभएको बताएका छन् । तर सत्तारुढ कांग्रेस–एमालेले गर्न खोजेको संविधान संशोधन र आफूहरुले चाहेको संशोधनमा फरक रहेको उनले बताए ।‘हामी अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर अझ अधिकार दिन संविधान संशोधनको पक्षमा छौं’, प्रचण्डले भने, ‘अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि सबै हेर्दा उनीहरुले जनतालाई अझ अधिकार सम्पन्न बनाउन होइन, अधिकार कटौती गर्ने उद्देश्य अन्तरनिहीत भएकाले आलोचना गरेका हौं ।’ उनले अगाडि भने, ‘निर्वाचन प्रणालीमा सुधार आवश्यक छ भन्ने हामीलाई पनि लागेको छ । तर उहाँहरुले सोचेको संशोधन मनशाय र हाम्रो १८० मा फरक छ । हामी अझ समावेशी बनाउन संविधान संशोधन भन्छौं, उहाँहरु कटौती गर्न, झण्डैझण्डै २ पार्टी भनेर पश्चिमा लोकतन्त्रको नक्कल गर्न दुस्साहस गर्दै हुनुहुन्छ ।’

कांग्रेस र एमाले मिल्नासाथ संविधान संशोधन भइनहाल्ने समेत उनले बताए । ‘प्रतिनिधिसभा र राष्ट्रियसभामा दलहरुको जस्तो उपस्थिति छ, उनीहरुले मात्र गर्दैमा संविधान संशोधन संविधानतस् र कानुनतः हुनसक्ने स्थिति छैन’, प्रचण्डले भने, ‘त्यसकारण यसको तात्विक अर्थ पनि छैन भन्ने मलाई लाग्छ ।’

साथै बहुमतको बलमा समानुपातिक समावेशीताको अधिकार कतौती गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने पनि उनले बताए । ‘विगतमा संसद विघटन गर्दा जसरी सडकमा गएर प्रतिवाद गरेका हौं, त्यही गर्न बाध्य हुन्छौं’, उनले चेतावनीको भाषामा भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group