काठमाडौं २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिन ओली बैठकमा सहभागी भएका हुन्।
प्रधानमन्त्री बनेपछि ओली पहिलोपटक संसदीय समितिमा उपस्थित भएका हुन्।
यसअघि साउन १६ गते पनि समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो।
तर, प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएका थिए।
प्रतिक्रिया दिनुहोस्