काठमाडौं २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।
पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।
प्रतिक्रिया दिनुहोस्