ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु


एबीसी न्यूज
२३ श्रावण २०८१, बुधबार   ३ : ३६   बजे

काठमाडौं, २३ साउन ।  बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो ।

घटनाको खबर आउनेवित्तिसकै खोजीमा अर्को हेलिकोप्टर पठाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टार परिचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu