ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवदुर्गा मन्दिरमा रु एक लाखको राँगो


admin
१० श्रावण २०७४, मंगलबार   १२ : १०   बजे

भत्तपुर, १० साउन । यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको छ ।
महानवमीको राति ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धि प्राप्तिका लागि बलि दिन रु एक लाख पाँच हजार मूल्य परेको खम्ये ल्याइएको हो । खम्ये ठूलो, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको र शरीरमा सात चक्र भएको हुनुपर्छ ।
त्यसैगरी उमेर नपुगेको वा उमेर बढी भएको खम्ये पनि अयोग्य हुने देवगण नाइके इन्द्रबहादुर वनमालाले बताउनुभयो । महिषासुर राक्षसको प्रतीक खम्येलाई महानवमीसम्म भक्तपुर नगरपालिका–९ गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा छ । विधिवत् रुपमा नवदुर्गा द्यछें भित्र्याइएको खम्येलाई महानवमीको साँझ ब्रह्मायणीमा लैजान मात्र बाहिर निकाल्ने गरिन्छ । सो दिन खम्येलाई जाँडरक्सी खुवाउने र शरीरभरि तेल लगाएर अबिर छरी दौडाएर ब्रह्मायणी पीठ पु¥याउने गरिन्छ ।
पछिल्लो समय नवदुर्गा देवीलाई खम्ये चढाउनेको घुइँचो लाग्न थालेको छ । नवदुर्गालाई खम्ये चढाए परिवारमा सुखशान्ति प्राप्ति हुने र परिवारका शत्रु नाश हुन्छ भन्ने जनविश्वास छ । सोही मान्यतानुरुप नवदुर्गालाई खम्ये चढाउने भक्तजनको सङ्ख्या वृद्धि हुन थालेपछि आलोपालो खम्ये चढाउन पाउने व्यवस्था गरिएको वनमाला समाजका पूर्वाध्यक्ष रत्नमान वनमालाले बताउनुभयो ।
यसैअनुसार यस वर्ष भक्तपुर नगरपालिका–२ लिवाली निवासी रामभक्त प्रजापतिले नवदुर्गालाई खम्ये चढाउनुहुनेछ । प्रजापतिले देवगण नाइके इन्द्रबहादुर वनमाला गत माघ १ गते आफ्ना घरमा नवदुर्गाको प्रसाद दिन आउँदा यस वर्ष आफूले खम्ये चढाउने कुरा राखेपछि आफ्नो पालो आएको जानकारी बताउनुभयो । खाद्यान्न व्यापारी प्रजापतिले सो खम्ये भक्तपुर–१० ब्रह्मायणीका हर्षनारायण कोजूसँग खरिद गरी ल्याउनुभएको हो ।
खम्ये खरिद गर्नुअघि तलेजु मन्दिरका पदाधिकारीको सहभागितामा खम्येको अवलोकन गरिन्छ । सोही स्थानबाट खम्येलाई झिँगा र लामखुट्टेले नटोकून् भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने गरिन्छ । देवगृहमा भित्र्याइएपछि खम्ये जसले नवदुर्गाको किलामा बाँध्छ, त्यसले नै किलाबाट खोल्ने र आफैँ ब्रह्मायणी पीठमा गई बलि दिने प्रचलनसमेत रहेको छ ।
खम्येलाई दौडाएर ब्रह्मायणी पु¥याउने परम्परालाई स्थानीय भाषामा खम्ये व्वाकेगु जात्रा (राँगो दौडाउने जात्रा) भनिन्छ जुन विजयादशमीका अवसरमा भक्तपुरमा मनाइने एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।
महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा आउने हुँदा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोकमान्यतानुरुप सो दिन खम्ये बलिपूजा गरी जात्रा मनाइने इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
महाष्टमी र महानवमीमा बध गरिएका निकुथु र खम्येको मासुका टुक्रा प्रसादका रुपमा घर लगी सुकुटी बनाई धुलो पारेर घिउमा मुछी धुप बनाइन्छ र लक्ष्मीपूजाको दिन बाल्ने चलन छ । सो धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले वास गर्ने आदि जनविश्वास छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group