ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीमा पहिलोपटक नीति र नेतृत्व दुवै फेर्ने प्रस्ताव


एबीसी न्यूज
२८ श्रावण २०८१, सोमबार   १२ : २७   बजे

काठमाडौं २८ साउन ।   नेकपा माओवादी केन्द्रभित्र पहिलोपटक नीति र नेतृत्व फेर्ने कुराले प्रवेश पाएको छ।  ३५ वर्षदेखि पार्टीमा एकछत्र नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने गरी कोही नेता तयार नभए पनि माओवादीको वैचारिक कार्यदिशा र नेतृत्व दुवैको समीक्षा गर्नुपर्ने प्रस्ताव नेताहरुले राखेका हुन्।

तर, यस विषयमा नेताहरु दुई धारमा उभिएका छन्।   यद्यपि, पार्टी कमजोर भएको, जनतासँगको सम्बन्ध बिग्रेको, आफ्नो वर्गबाट टाढा भएको र नेताहरुको चरित्रमा ह्रास आएको छ भन्ने कुरामा सबैको स्वीकारोक्ति छ।

साउन २५ गतेदेखि जारी स्थायी समिति बैठकमा बोल्ने आधाजसो नेताले पार्टी कमजोर हुनुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कमजोरी रहेको आरोप लगाए।

उनीहरुले अहिलेको नीतिले पार्टी नचल्ने र जनताको मन जित्न नसक्ने भन्दै बदल्नुपर्ने धारणा राखे।  तर, अन्य आधाले प्रचण्डकै नेतृत्व सही भएको र अहिले अवलम्बन गरेकै नीतिलाई निरन्तरता दिएर पनि पार्टी बलियो हुने बताए।

माओवादीका ४३ जना स्थायी समिति सदस्यमध्ये आइतबार ९साउन २७० सम्म २६ जनाले बोलिसकेका छन्।   एक पदाधिकारीका अनुसार पार्टी बिग्रनुको कारणमा सबैले आफ्नाआफ्ना कमजोरी स्वीकार गर्दै नीति र नेतृत्वको समीक्षा गर्नुपर्छ भन्ने धारणा राखे।

‘नीति र नेतृत्व दुवैको समीक्षा गर्नुपर्छ भन्ने कुरामा फरकफरक धारणा प्रस्तुत भए,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘केही साथीले नेतृत्व ठीक छ, नीति पनि सही छ भन्ने कुरा राख्नुभयो। तर, कतिपय साथीहरुको नीति र नेतृत्व विकास गरेर जानुपर्छ भन्ने प्रस्ताव छ।’
उपमहासचिव वर्षमान पुनले अब आउने नेतृत्वको समयसीमा तोक्न सुझाव दिए।

‘एउटैलाई लामो समय दिनुहुँदैन, अब आउने नेतृत्वको कार्यकाल तोकेर जाऊँ,’ पुनले बैठकमा राखेको धारणा उद्धृत गर्दै ती पदाधिकारीले थपे।

साउन २६ गते बोलेका पुनले माओवादी नेताहरु पारदर्शी हुनुपर्ने कुरा उठाए।

माओवादीका नेताहरु सुविधाभोगी भएको प्रसंग उठाउँदै उनले भने, ‘हाम्रो दोहोरो जीवन हुनुभएन। जे छ त्यो जनताले थाहा पाउनुप¥यो।’
पुनले केही नेताहरुको गाडी, घर वा अरु जीवनशैली जे छ, त्यो पारदर्शी हुनुपर्ने बताए।

सोही दिन लिखित प्रस्ताव नै पेस गरेका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्ड र पार्टीको कार्यदिशामै पुनरवलोकनको कुरा उठाए। अध्यक्ष प्रचण्डलाई संरक्षक बनेर तेस्रो तहलाई नेतृत्व दिन शर्माले गरेको प्रस्तावले माओवादीमा हलचल मच्चाएको छ।

माओवादी बैठकमा जनार्दनको लिखित प्रस्ताव स् प्रचण्डलाई संरक्षक बनाएर नेतृत्व तेस्रो तहमा हस्तान्तरण ९पूर्णपाठ०
उनले पार्टीका समस्या ९ बुँदामा समेटेका छन्।

‘उहाँले सिधै हेडक्वार्टरमा बमबार्ड नै गर्नुभएको छ,’ एक स्थायी समिति सदस्यले भने, ‘हाम्रा केही नेताहरुले वैचारिक कुरा उठाउँदा कसैले बुझेन र ध्यान नै दिएनन्। जनार्दनजीले ठाडठाडै आफ्नै शैलीमा कार्यकर्ता र जनताको कुरा राख्नुभयो। यसको प्रभाव बढी देखियो।’
ती नेताका अनुसार पार्टीभित्रका सबै भावनात्मकदेखि व्यावहारिक कुरा पनि शर्माले बाहिर ल्याइदिएका छन्।

माओवादीले पार्टी बैठकका सूचनाहरु प्रवक्तामार्फत सार्वजनिक गर्ने नीति बनाएको छ।

तर, शर्माको लिखित प्रस्ताव आइतबार साउन २७ बाहिरिएको छ।

स्थायी समिति सदस्य ओनसरी घर्तीले वर्गचेतना स्खलित भएको बताउँदै पार्टीभित्र विधि बनाउन सुझाव दिइन्।

उनले खुलेर पार्टीभित्रको सबै समस्याबारे कुरा राखेको बताइन्।   तर, पार्टीमा कुनै समस्या नभएको उनको भनाइ छ।

‘के अप्सन ९विकल्प मा जाने भनेर दुई–तीनवटा अप्सनमा छलफल भएको हो,’ उनले भनिन्, ‘हाम्रो योभन्दा पनि चर्को बहस हुन्छ। यो निष्कर्ष होइन, बहसमा मिल्ने विषय पनि आउँछ, नमिल्ने विषय पनि आउँछ।’

पार्टीलाई थप सशक्त बनाउन नेताहरुले धारणा राखेको उनी बताउँछिन्।   ‘सबै मानिसलाई एउटै लागे त कुरै भएन नि, फरकफरक विचार पनि आउँछ,’ उनले थपिन्।

केही नेताहरुका अनुसार अध्यक्ष प्रचण्डप्रति केही गुनासो उनले गरेकी थिइन्।

आइतबार ९साउन २७० उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव शक्ति बस्नेत, सचिव हितमान शाक्य, स्थायी समिति सदस्यहरु ओनसरी घर्ती, कालीबहादुर मल्ल, उर्मिला अर्याल, शशि श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, कमला रोका, महेश्वरजंग गहतराज, प्रल्हाद बुढाथोकी, हकिकुल्ला खान, जयपुरी घर्ती र जोखबहादुर महराले धारणा राखेका थिए।

उनीहरुमध्ये मल्लले जनार्दन शर्माले अघि सारेको पार्टीको आगामी कार्यभारमा समर्थन जनाए।   ‘प्रभाकरले उठाएको पार्टी निर्माणसँग सम्बन्धित कुरामा समर्थन गर्नुभयो,’ एक स्थायी समिति सदस्यले भने।
तर, जनार्दनसँग दूरी बढाउन नहुनेमा मल्ल छन्।

‘पार्टी एक ढिक्का हुन जरुरी छ। भावनात्मक रुपमा अविश्वास कसरी पैदा भयो खोजतलास गरेर विषयबस्तु र अन्तविरोध हल गर्नुपर्छ,’ मल्लको प्रस्ताव उद्धृत गर्र्दै ती नेताले भने, ‘नेतृत्व हस्तान्तरण गर्ने पनि समय आउनुपर्छ। अहिले नै गर्ने समय आएको छैन। अहिले तत्काल नेतृत्व हेरफेर गरेर हल हुन्न। बढी विकेन्द्रित हुन्छ। प्रभाकर जनार्दन कमरेडले पनि अहिले नै भन्नुभएको होइन। प्रिपियर हुनुपर्छ भन्नुभएको हो।’

मल्लले आफ्ना नारा सुनाए।

‘आन्तरिक पंक्तिलाई एकताबद्ध र सुदृढ गरौं, बाहिर मोर्चालाई विस्तार गरौं।’

केही नेतालाई हात लिने र अरुलाई पाखा लगाउने गरी अघि बढेमा पार्टीमा समस्या आउने भन्दै नेताहरुले एकताबद्ध बनाएर लैजान मल्लले नेतृत्वको ध्यानाकर्षण गरे।

‘पार्टीभित्रको आन्तरिक एकता नगरी बाह्य एकता गरेर के मोर्चा गरेर फाइदा छरु’ मल्लले अध्यक्षलाई सोधे, ‘भित्रकालाई टक्टक्याउने, नङ्ग्याउने अनि दुईचार जनासँग मिल्न मोर्चा बनाएर केही फाइदा छैन। पहिला हाम्रै पंक्ति एकताबद्ध हुनुपर्छ।’

मौखिक धारणा झन् कडा
नेताहरुका अनुसार स्थायी समिति बैठकमा मौखिक धारणा राख्ने नेताहरुको कुरा झन् कडा थियो।

उनीहरुले प्रचण्डको मात्र होइन, स्थायी समितिका सबैजसो नेताहरुको आलोचना गरे। अध्यक्षको वरिपरिका घेराको कुरा पनि उप्काए।
‘लेखेको भन्दा नलेखेका नेताहरुले कठोर कुरा राख्नुभएको छ,’ अर्का नेता भन्छन्, ‘यसको सम्बोधन गरिएन भने पार्टी निर्माणमा खतरा पुर्‍याउँछ।’

स्थायी समिति सदस्य शशि श्रेष्ठले पार्टी निर्माणकै विषयमा सबैले धारणा राखेको बताइन्।

‘आफूलाई लागेको कुरा राखेका छौँ, कसरी पार्टी बनाउँदा राम्रो बन्छ, कुन विधि चलाएर पार्टी निर्माण गर्ने भनेर
आफ्नो विचार, आफ्ना कुरा राखेको हो,’ श्रेष्ठले भनिन्।

आइतबार बोल्ने नेताहरुमध्ये जोखबहादुर महरा, उर्मिला अर्याल, हितमान शाक्य, पूर्णाकुमारी सुवेदीले अहिलेकै नेतृत्वलाई विश्वास गर्नुपर्ने धारणा राखेको नेताहरु बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group