ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा विकसित घटना अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको उपज: नारायणकाजी श्रेष्ठ


एबीसी न्यूज
२८ श्रावण २०८१, सोमबार   १२ : ४४   बजे

काठमाडौं २८ साउन । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रम घरेलु परिघटनामा मात्रै सिमित नरहेको बताएका छन्।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत् बंगलादेशमा विकसित घटनाक्रममा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका देखिएको दाबी गरेका हुन्।

श्रेष्ठले केही दिनअघि बंगलादेशमा घटेको घटनाक्रमको सम्पूर्ण पाटापक्षका बारेमा अहिले नै निष्कर्ष निकाल्नु हतारो हुने प्रतिक्रिया सार्वजनिक गरेका थिए।

उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘आहिलेसम्म आइपुग्दा तत्कालिन प्रधानमन्त्री शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरुबाट के स्पष्ट हुँदै गएको छ भने, बंगलादेशको घटना घरेलु परिघटनामा मात्र सीमित रहेन। यसमा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ।’

साथै उनले बंगलादेशमा हिंदू अल्पसङ्ख्यकमाथि निकृष्ट दुर्व्यवहार भएको बताएका छन्। उनले त्यस्ता निन्दनीय अतिवादको पक्ष पनि उजागर भइसकेको दाबी गरेका छन्।

‘यो ज्यादै गम्भीर पक्ष हो। जसप्रति सबै समयमै सचेत हुनु पर्छ,’ नारायणकाजीले भनेका छन्, ‘अन्यथा वैदेशिक हस्तक्षेप र धार्मिक अतिवादी द्वन्द्वले सबैतिर एउटा वा अर्को रुपमा ज्यादै नकारात्मक नोक्सानदायी प्रभाव देखाउन सक्ने खतरालाई नजरअन्दाज गर्न सकिन्न।’

उनले बंगलादेशमा फेरि पनि त्यहीँका जनताको भूमिका नै निर्णायक हुने बताएका छन्।

‘राज्य र सरकारले देश र जनताको पक्षमा काम गरेको अवस्थामा वैदेशिक हस्तक्षेप र अतिवादका लागि कुनै निमित्त कारण वा आधार प्राप्त हुन सक्दैन। त्यसको सट्टा जनतामा निराशा, असन्तुष्टी र आक्रोश पैदा भएमा त्यसप्रकारको शक्ति र प्रवृत्तिले जनतालाई प्रयोग गर्ने खतरा रहिरहन्छ,’ उनले भनेका छन्।

उनले देश र जनताप्रतिको आफ्नो दायित्व पूरा नगरी अन्य पक्ष, प्रवृत्तिलाई दोष लगाएर मात्र बंगलादेशमा देखिएको समस्या समाधान नहुनेमा पनि जोड दिएका छन्।

‘देश र जनताप्रतिको सरकारको निष्ठा र कामलेनै जनताको साथसहित राष्ट्रिय एकता कायम हुन्छ। त्यसले बाह्य वा अतिवादी शक्तिहरूलाई नकारात्मक भूमिकाको निम्ति ठाउँ दिँदैन र परास्त पनि गर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu