ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यज्योति लाइफको खुद नाफा १४६ प्रतिशतले बढ्यो, गत वर्ष कमायो ३९ करोड ६५ लाख


एबीसी न्यूज
२८ श्रावण २०८१, सोमबार   २ : ३६   बजे

काठमाडौं २८ साउन ।   सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६ प्रतिशतले बढेको छ।  कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३९ करोड ६५ लाख नाफा कमाएको हो।

आर्थिक वर्ष २०७९र८० मा कम्पनीको खुद नाफा १६ करोड ११ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा १४६।०३ प्रतिशतले बढेको हो।

कम्पनीको प्रमुख आयस्रोत रहेको बिमा प्रिमियम यो वर्ष बढेको छ। अघिल्लो वर्ष ७ अर्ब संकलन गरेकोमा असार मसान्तसम्म कम्पनीले ९ अर्बमाथि संकलन गरेको छ।

यस्तै कम्पनीले पोलिसी धितो ऋणबाट हुने ब्याज आम्दानी पनि बढाएर यो वर्ष ३७ करोड रुपैयाँ पुर्‍याएको छ।

अघिल्लो वर्ष कम्पनीले ३३ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो। योबाहेक कम्पनीले लगानीबाट ३ अर्ब आय गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब मात्रै आम्दानी गरेको थियो।

नाफा आउनुमा आय बढ्नुका साथै कम्पनीले खर्च कटौती गर्नु प्रमुख देखिन्छ। कम्पनीले प्रिमियम, ब्याज आम्दानी तथा अन्य खालका आयहरु बढाइरहँदा कर्मचारी खर्च भने घटाएको हो।

अघिल्लो वर्ष कर्मचारी ६२ करोड रुपैयाँ कर्मचारीमा खर्च गरेकोमा कम्पनीले यो वर्ष ६० करोड रुपैयाँ खर्च गरेको हो। यो वर्ष कम्पनीको जीवन बिमा कोष ३३ अर्ब पुगेको छ भने ३४ अर्ब रुपैयाँ लगानी गरेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ८।७२ रुपैयाँ छ नेटवर्थ १३०।५६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group