काठमाडौं २९ साउन । थाइल्यान्डका प्रधानमन्त्री स्रेत्था थाविसिनलाई संविधानको उल्लंघन गरेको आरोपमा अदालतले बर्खास्त गरेको छ । यस घटनाले थाई राजतन्त्रलाई थप राजनीतिक अनिश्चिततामा डुबाएको छ। सोही अदालतले देशको लोकप्रिय प्रगतिशील मूव फर्वार्ड पार्टीलाई एक हप्ता अघि भंग गरिदिएको थियो ।मूव फर्वार्डले गत चुनावमा सबैभन्दा बढी सिट जितेको थियो । यो दलका नेताहरूलाई १० वर्षको लागि राजनीति गर्न प्रतिबन्ध लगाइदिएको छ ।
बाङ्गकोकको संवैधानिक अदालतले बुधबार स्रेत्थालाइ क्याबिनेटमा जेल बसेको एक वकिललाई नियुक्त गरेर नैतिक नियमहरू उल्लंघन गरेको भन्दै पदबाटै हटाउने कठोर फैसला सुनाएको हो ।
अदालतका नौ न्यायाधीशहरू मध्ये पाँचजनाले स्रेत्था र उनको क्याबिनेटलाई बर्खास्त गर्ने पक्षमा फैसला गरेका छन्।
अब नयाँ सरकार गठन गर्नुपर्छ सत्तारुढ Pheu Thai- नेतृत्वको गठबन्धनले नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्नेछ, जसलाई ५००-सिटको संसदमा बहुमत ल्याउनु पर्नेछ ।थाइ राजनीतिका स्थापित खेलाडी थाक्सिन सिनवार्ता संस्थापक रहेके यस पार्टीको संसदमा १४१ सिट मात्र छ भने सवैभन्दा ठूलो दल मूभ फरवार्डलाई अघिल्लो साता यही अदालतले राजतन्त्रको आलोचनाको विषय चुनावी घोषणा पत्रमा राखेको भन्दै भंग गरिदिएको छ । यो दलको संसदमा १५१ सदस्य निर्वाचित भएका थिए ।
निर्णयपछि संवाददातासँग कुरा गर्दै स्रेत्थाले प्रधानमन्त्रीको रूपमा सकेसम्म राम्रोसँग आफ्नो कर्तव्य निभाएको बताए । उनले अदालतको “निर्णय स्वीकार्छु” भन्दै अर्को सरकारले आफ्नो नीतिहरू जारी राख्नेमा आशंका व्यक्त गरेका छन् ।
विपक्षीलाई प्रतिबन्ध लगाउँदैमा थाइल्यान्डको अलोकप्रिय शासन जोगिन सक्दैनः इकोनोमिष्ट
प्रतिक्रिया दिनुहोस्