ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री


एबीसी न्यूज
७ भदौ २०८१, शुक्रबार   १२ : ३५   बजे

काठमाडौं ७ भदौं ।  गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताएका छन्।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले मुलुकमा अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निरासा चिर्न अहिलेको सरकार सफल हुने दाबी गरे।

‘अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ सरकार बनेको छ। मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो। यस्तो गठबन्धन बिरलै बन्छन्। यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन। जनताका निराशालाई आशामा बदल्नुपर्ने छ। अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प छैन,’ उनले भने।

अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको गृहमन्त्री लेखकले बताए।

राजनीतिक दल र नेताहरू गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको उनले बताए।

‘पछिल्लो डेढ वर्षमा हामीले के देख्यौँ भन्दा एउटा गठबन्धन बन्ने, अर्को भत्किने, संघमा एउटा सरकार बन्ने, दुई, तीन महिनामा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने, फेरि केही पार्टी छोडिने, केही जोडिने। डेढ वर्षसम्म पटक पटक यो अभ्यास भयो। एउटा सरकार बन्छ, अर्को भत्किन्छ, काठमाडौँमा मात्रै बन्ने भत्किने भएको भए हुन्थ्यो, काठमाडौँमा सरकार भत्कियो की सातै प्रदेशमा भत्किन्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group