काठमाडौं ८ भदौ । उद्योगी तथा एमाले नेता मोती दुगडले नयाँ सरकार बनेपछि व्यवसायीहरुको मनोवल बढेको भन्दै अब केही समयमै लगानी बृद्धिको काम शुरु हुने बताएका छन् ।
राजनीतिलाई सफा गर्ने हो भने उद्योगी व्यवसायीले पनि राजनीति गर्नु पर्ने बताउँदै पूर्व उद्योग राज्यमन्त्री दुगडले भने – व्यवसायीका समस्मा र आर्थिक समृद्धिको यात्रा अघि बढाउन व्यवसायीले राजनीति गनुपर्छ ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक बिजेनेशका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै दुगडले ओली नेतृत्वको सरकारले आर्थिक क्षेत्रलाई महत्व दिने दावी गरेका छन् ।
दुगडसँगको भिडियो वार्ता शुक्रबार प्रसारण भएको थियो । यसको भिडियो लिंक यहां छ ।
प्रतिक्रिया दिनुहोस्