काठमाडौं, ९ भदौ । आइतबार बिहान मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बस सडक किनारमा पल्टिएको देखिन्छ।
महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम ०१–००–२–१३३२ नम्बरको बस दुर्घटनामा १५ यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर सडक किनारमा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त बस भरतपुर महानगरपालिका–२९ मा दुर्घटना भएको हो। घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्