ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशरथ रंगशालाको हिलोले देशकै बेइज्जत भयो : प्रधानमन्त्री


एबीसी न्यूज
१३ भदौ २०८१, बिहिबार   १२ : ०५   बजे

काठमाडौं १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरू वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको पनि बताए।

केही समयअघि भुटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न ओलीले निर्देशन दिए।

खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह प्रधानमन्त्री ओलीले गरेका छन्।

‘मैले भित्रै गएर त हेरेको छैन तर दशरथ रंगशालाको खेल मैदान धेरै बिग्रिएको भन्ने छ। म ०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु। जाने पनि गरेको छु। यति साह्रो बिग्रिएको खेल मैदान मैले देखेको थिएन। अहिले हिलै छ। अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भए जस्तो लाग्यो। त्यसकारण यस्तो देशकै बेइज्जत हुने खालको स्थिति हुनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।

देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने उनको भनाइ थियो।

भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरू स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।

‘मन खुम्च्याउनुपर्ने आवश्यकता छैन। हामी जित्न सक्छौँ। सर्वोत्कृष्ट टिम बन्नसक्छौँ। दक्षिण एसिया, एसिया र सिंगै विश्वकै हुन सकिन्छ। नसक्ने भन्ने केही छैन। हामीले सुविधा खेलाडीलाई उपलब्ध गराउने कुरामा अलि बढी ध्यान दिनुपर्छ। यसमा हामी सबैको ध्यान गएको छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने बताएका छन्।

‘अन्यत्र त्यस्तो प्यारापिट नै छैन जहाँ हामी खेल खेलाएर दर्शकलाई देखाउन सकौँ। दर्शकलाई देखाउने गरीको खेल खेल्ने हो भने अन्त प्यारापिट छैन। हामीलाई २०÷२५ हजारको क्षमताको त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै। त्यसको दुरुपयोग नहोस्। खासगरी यो स्तरीय खेलहरुका लागि हो, खासगरी त्यो फुटबल जस्ता खेलहरुका लागि हो। अरु खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरु तयार गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

सम्बन्धित

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu