काठमाडौं १३ भदौ । नेकपा एमालेले सरकारका कामकारबाहीबारे समीक्षा गर्ने भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा समसामयिक राजनीति, सरकारका कामकारबाही लगायतका विषयमा छलफल हुने बताइएको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतका अनुसार, आजको बैठकमा पार्टी कार्ययोजना निर्माणका विषयमा पनि छलफल हुनेछ।
समसामयिक राजनीति, सरकारका कामकारबाही लगायतका विषयमा बैठकमा छलफल हुन्छ,’ उनले भने।
साथै, गत सोमबार भदौ १० दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले गरेको नाराबाजी लगायतका विषयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्नेछन्।
साथै, पार्टीको वार्षिक कार्ययोजना निर्माणको विषयमा पनि छलफल हुने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्