ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को भूमिकामा जाने सोचमा छु : प्रचण्ड


एबीसी न्यूज
१६ भदौ २०८१, आइतबार   १२ : २६   बजे

काठमाडौं १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोचमा रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले पार्टीको नेतृत्व गरेको ३५र३६ वर्ष पुगिसकेको भन्दै अब पार्टीभित्र एउटा सिस्टम बसालेर आफू अर्को भुमिकामा जाने सोच गरेको बताउनुभएको हो । “पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ ।” उहाँले भन्नुभयो, “पार्टीको आवश्यकता, साथिहरुको जोडबल र जनभावनाले गर्दा ३५र३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भुमिकामा जाने सोचमा छु ।” उहाँले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताउनुभयो ।

प्रचण्डले समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउदै लैजाने र टुटफुट भएका माओवादीहरुसँग एकता गर्ने क्रम चलिरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र मात्रै भएको बताउनुभयो । “नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र मात्रै हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति भनेकै माओवादीकै एजेण्डाले हो ।” उहाँले भन्नुभयो, “हामी सरकारमा हुँदा ल्याएको नीति तथा कार्यक्रममा युवालक्षित गरेर बनाएका छौं, सबैक्षेत्रमा युवाहरुलाई अवसर दिनुपर्छ भन्ने हो ।”

यसै बीच अध्यक्ष प्रचण्डले वर्तमान सरकार असंवैधानिक तवरले बनेको बताउनुभयो । “हाम्रो दृष्टिकोणमा मात्रै नभएर संविधानकै दृष्टिकोणमा हालको सरकार असंवैधानिक छ, परिस्थितीलाई ठोस ढङ्गले अगाडि बढाउन हामी लागिरहेका छौं ।” उहाँले भन्नुभयो, “जनताका इच्छा भावना विपरित यो सरकारले काम गर्दै छ, यसको विरुद्धमा आवश्यक परेमा हामी सडकमा जान समेत सक्छौं, तर सशस्त्ररुपमा होइन शान्तिपूर्ण आन्दोलका रुपमा ।” प्रचण्डले आफू अहिले सरकारमा जानु भन्दा पनि पार्टी निर्माण कार्यमा लागिरहेको बताउनुभयो ।

उहाँले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढिकरण गरेको भन्दै अब झन सबै शक्ति लागेर पार्टी निर्माण कार्यमा लागेको जनाउनुभयो । आइतबार र सोमबार नेपालगन्जमा हुन लागेको पार्टीको लुम्बिनी प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न उहाँ शनिबार बेलुका सुर्खेतबाट नेपालगन्ज आइपुग्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group