ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडाध्यक्षलाई कसैले मारेर सुताएको जस्तो देखिन्छ: माओवादी केन्द्र


एबीसी न्यूज
१६ भदौ २०८१, आइतबार   १ : १८   बजे

काठमाडौं १६ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका( २ का वडाध्यक्ष मुकेश यादवको मृत्यु सवारी दुर्घटनामा नभएको आशंका गर्दै माओवादी केन्द्रले घटना विवरण सार्वजनिक गरेको छ।

३५ वर्षीय यादवको भदौ ९ गते बिहान महोत्तरीको बर्दिबास नगरपालिका(८ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो।

यादवको मृत्युलाई त्यतिबेलै स्वाभाविक नमानेको माओवादी केन्द्र महोत्तरीले शवको पोष्टमार्टमसमेत स्थानीय अस्पतालमा गर्न मानेको थिएन। यादवको शवको टिचिङ अस्पताल काठमाडौँमा पोस्टमार्टम गरिएको थियो।

वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ स् होटलमा बसेका थिए २ युवती र ३ पुरुष

माओवादी केन्द्रले शनिबार महोत्तरीमा पत्रकार सम्मेलन गरेर यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट नभएको दाबी गर्दै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको छ।

१६ बुँदामा घटना विवरण सार्वजनिक गरेको माओवादीले केही व्यक्तिमा केन्द्रीत भएर घटनाको अनुसन्धान गर्न पनि प्रहरीलाई आग्रह गरेको छ।

‘घटनाको प्रकृति हृर्दा त्यो दुर्घटना स्वाभाविक देखिँदैन,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘हामीले महोत्तरी प्रहरीसँग घटनाको गहिरो छानविन गर्न माग गरेका छौँ। घटनास्थलमा पुगेका कसैले पनि यो घटनालाई स्वाभाविक सवारी दुर्घटना मानेका छैनन्। त्यो सुनियोजित हत्या जस्तो देखिन्छ।’

महोत्तरीको रामगोपालपुर घर भएका संजिब झामाथि केन्द्रीत भएर घटनाको अनुसन्धान अघि बढाउन पनि माओवादीले माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवालले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए।

‘पीडित पक्षले आशंका गरेकाहरुलाई निगरानीमा राखेर हामीले घटनाको अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘पीडित पक्षसँग समन्वय गरेर सबै पाटोबाट हामी घटनाको अनुसन्धान अघि बढाउने छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group