काठमाडौं १७ भदौं । नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित अध्यक्ष माधव नेपालले एमाले–कांग्रेस गठबन्धन चाहेको बेला भत्काइदिने शक्ति आफूसँग भएको दावी गरेका छन् । पार्टी विभाजन गरेर नयाँ पार्टी बनाएको तीन वर्षमा पार्टीको महाधिवेशन गरेर अध्यक्ष निर्वाचित भएपछि एबीसी टेलिभिजनसँगको पहिलो अन्तर्वार्तामा गठबन्धन किन बन्यो भन्ने कुराको जबाफ केपी शर्मा ओलीको कपटमा निहित रहेको जिकिर गरे । कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै संविधान संशोधनको चर्चा र दुई दलीय व्यवस्थाको वकालत निरंकुशतातिर जाने प्रतिगामी कदम भएको बताए ।
माधव नेपालसँगको अन्तर्वार्ता गत शनिबार राती प्रसारण भएको थियो । यसको भिडियो लिंक यहाँ छ ।
प्रतिक्रिया दिनुहोस्