ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ अनुदानका ५ परियोजना : कहिले सुरु हुन्छ निर्माण?


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   १ : ४८   बजे

काठमाडौं २१ भदौ । सरकारले चिनियाँ अनुदानमा ५ वटा यातायात पूर्वाधार परियोजना बनाउँदै छ।   भदौ पहिलो हप्ता मात्रै अर्थ मन्त्रालयले ४ वटा परियोजना अघि बढाउन सहयोग आदानप्रदान सहमतिमा हस्ताक्षर गरेको छ। जसमध्ये ३ वटा सडक परियोजना छन्।

भदौ ६ गते काठमाडौं चक्रपथको कलंकीदेखि वसुन्धरा–महाराजगञ्जसम्मको ८।२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो।

त्यसबाहेक मुस्ताङको कोरला नाकामा आईसीपी र आईसीडी निर्माण गर्नेमा सहमति भएको छ। नेपाल सरकारको तर्फबाट अर्थसचिव डा। रामप्रसाद घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरेका छन्। हस्ताक्षर भएसँगै परियोजना निर्माणको काम अघि बढ्नेछ।

केरुङ नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक चिनियाँ अनुदान सहायतामा निर्माण भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत केरुङ–काठमाडौं रेलमार्गको अध्ययन समेत जारी छ।

‘सडक यातायात पूर्वाधारमा चिनियाँ ऋण लिएर पूर्वाधार निर्माण गरेका छैनौँ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख भीमार्जुन अधिकारीले भने, ‘अहिले ५ वटा परियोजना निर्माणको प्रक्रियामा अघि बढेका छन्।’

कुन सडक कस्तो बनाइँदै?
चिनियाँ अनुदानमा कलंकी महाराजगन्जसम्मको सडक ६ महिनाभित्र निर्माण सुरु हुँदै छ। चिनियाँ अनुदानमै निर्माण भएको कोटेश्वर–कलंकी २०७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। त्यसलगत्तै चाबहिलसम्म निर्माण गर्ने सहमति भए पनि कोभिड महामारी, साइट क्लियरेन्सलगायतका कारण देखाएर सुरु हुन सकेन।

‘सहयोग आदानप्रदानपत्रमा हस्ताक्षर भइसकेको छ। चिनियाँ पक्षले डिजाइनको काम गरिरहेको छ’, सहसचिव अधिकारीले भने, ‘६ महिनाभित्र डिजाइन स्वीकृत भई निर्माण गर्न कामदार मोबिलाइज हुने देखिन्छ।’

महाराजगन्जसम्म ८ लेनको सडक विस्तार हुनेछ। अन्डरपास र ओभरब्रिज निर्माण गर्ने योजना छ।

तातोपानी नाका जोड्ने अरनिको राजमार्ग विस्तार गर्ने सहमति भएको छ। नेपाल सरकारले सम्भव भएका ठाउँमा चारलेनको विस्तार गर्ने प्रस्ताव गरेको थियो। तर पहाडी क्षेत्र भएकाले ४ लेनमा विस्तार गर्न धेरै अप्ठ्यारो भए पनि २ लेनको राम्रो सडक बनाउने सहमति भयो।

‘अरनिको राजमार्गमा ट्राफिक चाप बढी भएको ठाउँमा फराकिलो बनाउने र पहिलो गइरहेको ठाउँलाई स्लोपसहितको बनाउने समझदारी छ’, उनले भने, ‘बाह्रबिसेसम्म नेपाल सरकारले पनि बनाउनसक्छ। त्योभन्दा माथि तातोपानीसम्म राम्रो बाटो बनाउने भन्ने छ।’

चिनियाँहरुले विस्तृत अध्ययनपछि मात्रै कहाँ कस्तो बनाउने जानकारी हुने उनी बताउँछन्।

कर्णालीको हिल्सा–सिमिकोट २ लेनमा विस्तार गर्न सम्झौता भएको छ। चिनियाँ प्राविधिक आएर अध्ययन गरिरहेका छन्।

‘हिल्सा–सिमिकोट सडक विस्तार गर्नको लागि चिनियाँ अधिकारी नेपालमा आएर विस्तृत अध्ययन गरिरहेका छन्’, अधिकारीले भने, ‘विस्तृत अध्ययनपछि त्यहाँको पनि निर्माण काम सुरु हुन्छ।’

चिनियाँहरुले स्याफ्रुबेसी–रसुवागढी नाका पुग्ने सडकमा भने काम गरिरहेका छन्। उक्त सडक निर्माण भएसँगै केरुङनाकाबाट वस्तु आयातनिर्यातमा सहज हुन्छ।

रेलमार्गतर्फ केरुङ–काठमाडौंको सम्भाव्यता अध्ययन भइरहेको छ।

‘केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ। ३ वर्षसम्मको म्याद रहेको छ। सम्भाव्यता अध्ययन समेत डिटेलमा हुन्छ’, उनी भन्छन्।

त्यस्तै, हवाइ यातायाततर्फ करिब २५ अर्ब चिनियाँ ऋण लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न भएको छ। विमानस्थल सञ्चालनमा आएको डेढ वर्षसम्म आन्तरिक उडानमात्रै भएका छन्। उक्त ऋण तिर्ने नाफा कमाउन सकेको छैन। सरकारले चीनलाई पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका छन् भने चिनियाँ सहयोग नियोगका अधिकारीलाई अर्थ मन्त्रालयले पत्र नै हस्तान्तरण गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group