ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेक अफ गरेको २९ सेकेन्डमै सौर्यको जहाज दुर्घटना, जाँचबुझ आयोगले दियो ३ सुझाव


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   ४ : १७   बजे

काठमाडौं २१ भदौ ।   सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले हवाई दुर्घटना रोक्न तत्काल ३ वटा काम गर्न सुझाव दिएको छ। सौर्य एयरलाइन्स दुर्घटनापछि गठित रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले अन्तरिक उडान सुरक्षाका लागि ३ सुझाव दिएको हो।

प्रारम्भिक रिपोर्टले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समिक्षा गर्न सुझाएको छ।

दोस्रोमा, वायुसेवा कम्पनीहरूले कार्गो ब्यागेज हेन्डलिङको मापदण्ड अनिवार्य गर्न सुझाएको छ। ब्यागेज र कार्गोको तौल गर्नुपर्ने, समान राख्दा जहाजको सन्तुलन मिल्ने गरी राख्नुपर्नेछ।

तेस्रोमा, नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान प्रक्रियालाई समीक्षा गर्न सुझाव दिएको छ।

कम्पनीहरूको नन सेडुअल फ्लाइट र यात्रुबिनाका जहाज उडानहरूले समेत सबै प्रक्रिया पूरा गर्न सुझाव दिएको छ।

रतीशचन्द्रलाल सुमन संयोजक रहेको आयोगमा दीपुराज ज्वारचन, सञ्जय अधिकारी, डा। सुदिन भट्टराई र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन्।

आयोगको प्रारम्भिक रिपोर्टले त्रिभुवन विमानस्थलमा गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पनि ३ कारण देखाएको छ।

जहाजको तौलमा ध्यान नदिएको, जहाजको लोड अनुसारको गति र उडान प्रक्रियामा त्रुटि रहेको उल्लेख गरेको छ।

जहाजको लोड कति हुनुपर्ने, लोडिङ र सुरक्षा आवश्यकता रहेको उल्लेख गरेको छ। जहाज उडानपूर्व लोडमा ध्यान नदिइएको उल्लेख छ। जहाजको लोड अनुसार कति गतिमा उडान हुनुपर्छ भन्ने मापदण्ड पलना नगरेको उल्लेख छ।

सौर्य एयरलाइन्सकोले ५ सेकेन्डमा ५० फिट माथिको उचाई लिएको थियो। जहाजले १०० फिटसम्मको उचाइ लिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, टेक अफ गरेको २९ सेकेन्डमै जहाज झरेको थियो भने २१ सेकेन्डमा जहाज रोटेड भएको फ्लाइट रेकर्डिङ डेटाबाट देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu