ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैँसम्म चोभारको पुष्प तथा फलफूल थोक बजारको निर्माण पूरा गर्न कृषिमन्त्रीको निर्देशन


एबीसी न्यूज
२१ भदौ २०८१, शुक्रबार   ५ : ००   बजे

काठमाडौं २१ भदौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दसैँसम्म पूरा गर्न निर्देशन दिएका छन्।

शुक्रवार काठमाडौंको चोभारस्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षण गर्न पुगेका मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन्।

उनले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिए।

मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताए।

मन्त्री अधिकारीले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने संकेत गरे। उनले विगतमा के भयो भन्दा पनि अब दशैँ भन्दा अघि भवन सरकारलाई हस्तान्तरण हुनुपर्ने बताए।

उनले विगतमा के भयो भन्दा पनि अब बाँकी काम तत्काल हुनु पर्नेमा जोड दिए। उनले पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै कृषि मन्त्रालयले त्यसका लागि आवश्यक सहजिकरण गर्नका तयार रहेको बताए।

उनले भने,‘मन्त्रालयको तर्फबाट हेर्छौं। चाँडो भन्दा चाँडो भवन हस्तान्तरण हुुनुपर्छ। अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔं। विगतमा के भयो नगरौं। आगामी दिन दशैँसम्म भवन उद्घाटन गर्नुपर्छ। हामी कोही हल्लाको पछाडि नलागौं। कृषि मन्त्रालयको जमिन हो। मन्त्रालयले आफ्नो मन्त्रालय अन्तरर्गत केका लागि विगतमा ठेक्का लगाएको थियो। त्यही अनुसार काम हुन्छ।’

चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो। तर भवनको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन।

अहिलेसम्म ११ औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेको छ। तर भवनको काम निर्माण सम्पन्न गर्न अझै १३ प्रतिशत बाँकी रहेको छ। समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group