ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस्ती र विद्यालय पहिरोको जोखिममा


admin
१० श्रावण २०७४, मंगलबार   १ : ३१   बजे

बागलुङ, १० साउन । जिल्लाको गलकोट नगरपालिका–११ रिघाको मनेवापाटा बस्ती र बालज्योति आधारभूत विद्यालय पहिरोको जोखिममा छन् ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको माथिबाट खसेको पहिरोले जोखिम निम्त्याएको हो । गत फागुनमा सोही स्थानमा सुक्खा पहिरो जाँदा दरमखोला थुनिएको थियो । वर्षा लागेपछि पहिरोको कटान झन बढ्दै जाँदा माथि रहेको बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था देखिएको छ ।
पहिरोका कारण आठ घर र नजिकैको विद्यालयमा असर पारेको वर्षापछि पहिरो झन थपियो, बस्तीकै छेउबाट ३०० मिटर तलसम्म पहिरो खसेकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ भन्दै वडाध्यक्ष डम्बर श्रीसले पहिरोको जोखिम कम गर्न र स्थानीय बासिन्दाको सुरक्षित बासको लागि वडा कार्यालयले पहल गर्ने बताउनुभयो ।
दरमखोला नै थुन्ने गरी गत फागुनमा पहिरो गए यता स्थानीयवासी त्रासमा छन् । पानी पर्नासाथ खसिरहने पहिरोले मध्यपहाडी लोकमार्गको यात्रासमेत असहज पारिदिएको छ । दैनिकजसो अवरोध खुलाउँदै सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । यात्रु पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पहिरोले ठूलो क्षेत्रफल ओगटेको हुँदा तत्काल रोकथामको उपाय अपनाउन पनि कठिन देखिन्छ ।

लोकमार्गको स्तरोन्नतिको क्रममा यो वर्ष भएको सडक विस्तारका कारण पनि वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो गएको छ । पहिरोले मनेवा फाँटको सिँचाइलाई पनि प्रभावित पारेको सोही ठाउँका किसान शेरबहादुर श्रीसले बताउनुभयो । गत फागुनकै सुक्खा पहिराले ९० रोपनी क्षेत्रफलको मनेवा फाँट पुग्ने जलकुनी सिँचाइ आयोजना भत्केको थियो । श्रीसका अनुसार उक्त फाँटमा अहिले किसानले रोपाइँ समेत गर्न पाएनन् ।

“सिँचाइ नभएकाले सबै किसानले यो वर्ष धान नरोपी कोदो रोपेका छन्” श्रीसले भन्नुभयो, “ सिँचाइ रोकिँदा किसान मर्कामा परेका छन् ।” गएको फागुन २२ गते सोही ठाउँमा गएको सुक्खा पहिरोले स्थानीय दरमखोला थुनिँदा ठूलो जलाशय बनेको थियो । स्थानीय बासिन्दाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गलाई समेत जोखिममा पारेको पहिरोको दीर्घकालीन रोकथाम हुनुपर्ने आवाज उठाएका छन् । उक्त लोकमार्ग हुँदै जिल्लाको पश्चिम भेग र छिमेकी जिल्लाका यात्रुसमेत आवातजावत गर्छन् ।

 

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group