काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले मंगलबार राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए। उनको राजीनामा स्वीकृत हुन बाँकी नै छ।
बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा १ बाट निर्वाचित कुर्मी गत साउन ९ गते मन्त्री नियुक्त भएका थिए।
मन्त्री नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । उनीमाथि नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुर निवासी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेको र सम्पत्ति हत्याएको आरोप लाग्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्