काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदी १ हजार ७६५ रुपैयाँ कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्