काठमाडौं २८ भदौ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ। दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने तय भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने एक सांसदले नेपालखबरलाई जानकारी दिए।
आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ।
प्रतिक्रिया दिनुहोस्