काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला १ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्