ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हामी मैदाले बनेका खानेकुरा मनपराउछौं?


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   ११ : ०६   बजे

काठमान्डौ असोज ६

हामीले दैनिक जीवनमा विभिन्न प्रकारका खाने कुराको सेवन गर्ने गरेका छौं। जसमा मैदाले बनेका परिकारहरु पनि पर्छन। पिठोको रिफाइन्ड रुपलाई मैदा भनिन्छ। मैदा बनाउनका लागि पिठोलाई कैयौं पटक मसिनो गरी पिँध्ने गरिन्छ। मैदाको प्रयोग पाउरोेटी, कुकिज, पिज्जाको बेस, मोमो, चाउमिन जस्ता विभिन्न परिकार बनाउनमा गरिन्छ। मैदाले बनेका परिकार खानमापनि निकै स्वादिलो हुन्छ। तर, मैदाले बनेका परिकारको सेवन तपाईंको स्वास्थ्यका लागि भने हानीकारक हुन्छ।

एक अध्ययनका अनुसार औसत अमेरिकी मानिसहरु मैदाको सेवन गर्ने गर्छन्। मैदा शरीरका लागि निकै नै खतरनाक हुन्छ। पिठोलाई पिनेर राम्रो गुणस्तरको मैदा बजारमा पाइएपनि यसको सबै पोषक तत्त्व नष्ट भइसकेको हुन्छ। जबकी गहुँलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ त्यहि मैदालाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

अमेरिकाको बोस्टन बाल अस्पताल तथा न्यू ब्यालेन्स फाउण्डेशन मोटोपना नियन्त्रण केन्द्रका निर्देशक प्राध्यापक डाक्टर डेविड लुडविगका अनुसार अमेरिकाका मानिसहरूले प्रायःजसो ट्रान्स फ्याटको सेवन गर्छन्। जसमा रिफाइन्ड कार्वोहाइड्रेट, रिफाइन्ड पोडक्टस् हुन्छ। यी सबैले सबैभन्दा बढी नराम्रो असर मानव स्वास्थ्यलाई पर्छ।

मैदाको सेवनले स्वास्थ्यमा कस्ता नकारात्मक प्रभाव पर्छ जानौं

शरीरमा एसिड–अल्काइन असन्तुलन बनाउँछः शरीरको स्वस्थ पीएच स्तर ७ दशमलव ४ हुन्छ। डाइटमा एसिडिक खाद्य पदार्थको अधिक मात्रामा प्रयोग हुँदा शरीरमा क्याल्सियमको कमी हुन जान्छ। यसले हड्डिलाई कमजोर हुन्छ। अन्नलाई एसिडिक फूड मानिन्छ। अध्ययनका अनुसार खानामा मैदाको बढी प्रयोग हुनाले हड्डिलाई नोक्सान हुने हुन्छ। साथै एसिडिक डाइटले रोग प्रतिरोधात्मक प्रणालीलाई पनि कमजोर बनाउँछ। जसले शरीर रोगको चपेटामा आउने गर्छ।

रगतमा सुगरको मात्रा बढ्ने स् यदि तपाईं गहुँको प्रयोग खानामा यो सोचेर गर्नु हुन्छ कि यो शरीरका लागि फाइदाजनक विकल्प हो भने तपाईं गलत सोच्नुहुन्छ। गहुँको पिठोले बनेका खानेकुरा तपाईंको शरीरका लागि झन् बढी खतरनाक हुन्छ। गहुँमा पाइने कार्बोहाइड्रेट जसलाई एमाइलोपेक्टिन ‘ए’ भनिन्छ, यो अन्य कुनैपनि कार्बोहाइड्रेटको तुलनामा सजिलोसँग रगतको ग्लुकोजमा परिवर्तित हुन्छ। गहुँको ब्रेडको मात्र दुई वटा पिसले शरीरमा रगतको ग्लुकोजको मात्रा ६ चम्चा चिनी बराबरको बढाइदिने गर्छ।

शरीर सुन्निने ग्लुकोजयुक्त आहारले शरीरमा सुन्निने समस्या निम्तिन सक्छ। यसमा ब्लड सुगरको मात्रा बढेर जान्छ र रगतमा ग्लुकोजको निर्माण हुन्छ। जसमा ग्लुकोजले आफैलाई वरपरका प्रोटिनसँग लड्न सक्ने बनाउँछ। यसलाई ग्लाइकेशन नामक एक केमिकल रिएक्सन पनि भन्ने गरिन्छ। ग्लाइकेशन एक प्रकारको प्रो–इन्फ्लेमेटरी प्रक्रिया हो। जसले गेठिया र हृदयरोगसहित विभिन्न प्रकारका सुन्निने सम्बन्धी रोगको कारण बन्न सक्छ।

मेटाबोलिज्मको गति सुस्त अध्ययनका अनुसार जब तपाईं उच्च मात्रामा ग्लाइसेमिक इन्डेक्सयुक्त खाने कुराको सेवन गर्नुहुन्छ अनि त्यसले शरीरको पोषक तत्त्वलाई बासोमा परिवर्तन गरिदिन्छ। शरीरलाई इन्धन प्राप्त हुनुको सट्टा मैदाले बनेका खानेकुराले बोसोलाई पघ्ल्याउने प्रक्रियालाई सुस्त बनाइदिन्छ। यसले शरीरमा बोसो जम्मा हुन थाल्छ। यो प्रक्रियाले शरीरको मेटाबोलिज्मलाई सुस्त बनाइदिन्छ जसले शरीको तौल बढ्न थाल्छ।

आन्द्रालाई नोक्सानः अध्ययनका अनुसार आहारमा पाइने लेक्टिले आन्द्राको परतमा सुन्निने कारण बन्न सक्छ। जब तपाईं मैदा खानुहुन्छ अनि ८० प्रतिशत फाइबर नष्ट भएर जान्छ। तपाईंको शरीरलाई त्यो फाइबर प्राप्त हुँदैन जसको तपाईंको शरीरलाई आवश्यकता हुन्छ र कार्बोहाइड्रेट तिव्र गतिमा उत्पादन हुन थाल्छ। फाइबर बिना शरीर आन्द्राको विकासलाई सफा गरेर बडी डिटक्स गर्नमा सक्षम पनि हुँदैन।

फूड एलर्जीको कारण स् गहुँलाई फूड एलर्जीको सबैभन्दा ठूलो ट्रिगर्समध्येको एक मानिन्छ। गहुँमा पाइने ग्लुटन नामक प्रोटिन, पिठोलाई नरम लचिलो बनाउने काम गर्छ। यसले रोटी नरम बनाउनमा मद्दत गर्छ। गहुँमा अब पहिलेभन्दा अत्यधिक मात्रामा ग्लुटेन हुन्छ। जब ग्लुटेनयुक्त पदार्थ खानुहुन्छ, यसले शरीरमा फूड एलर्जी हुनुका साथै अन्य विभिन्न समस्याको खतरा बढ्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group