ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर


एबीसी न्यूज
९ आश्विन २०८१, बुधबार   १२ : २९   बजे

काठमाडौं ९ असोज । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

वुधबार विहान भरतपुर महानगरपालिकाको डोजरले भवन भत्काएको महानगरपालिकाका इन्जिनियर सूर्य लामाले जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा नहटाएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित हुनुभएको थियो ।

तीन धुरमा निर्माण गरिएको भवनले पूर्व–पश्चिम राजमार्गको २० प्रतिशत जग्गा मिचेको छ । मापदण्डविपरित र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

वर्षौदेखि सरकारी जग्गा हडपेर ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने प्रचलनलाई तोड्न लागेको उहाँले बताउनुभयो । महानगरले पुङगी खोला सौन्दर्यकरणको काम गरिरहेको छ । यो खोलाको जग्गा मिचेर निर्माण गरिएको अन्य भवन समेत भत्काउने तयारीमा महानगर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन

सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : हर्क साम्पाङ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu