ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल


एबीसी न्यूज
९ आश्विन २०८१, बुधबार   १२ : ४०   बजे

काठमाडौं ९ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।

सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र काठमाडौंको जडीबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत् रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ ।

पर्व लक्षित गरेर सङ्घले कम्तीमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताउनुभयो । आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन सङ्घ लागिपरेको उहाँ बताउनुहुन्छ । उहाँले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन जुत्ता उत्पादक सङ्घले पहल गरिरहेको बताउनुभयो । जुत्ता उत्पादक सङ्ले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु र्‍याउन प्रयत्न गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार नेपाली जुत्ताको सुपथ पसल सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सकारात्मक भूमिका रहेको छ ।

सङ्घका अध्यक्ष न्यौपानेले भन्नुभयो, “नेपाली जुत्ताको बजार प्रवर्धनमा उद्योगमन्त्री दामोदर भण्डारीले पनि हामीलाई राम्रो साथ दिनुभएको छ, उहाँले नेपाली जुत्ता उत्पादकलाई बढीभन्दा बढी जत्ताको बजार बढाउन उत्साह दिई रहनुभएको छ, मन्त्रीज्यूले हामीलाई नेपाली जुत्ताको विदेशी बजारमा बजारीकरणलगायत अन्य व्यापार मेला तथा महोत्सवमा उद्योग मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

सङ्घका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले सरकारको प्रतिष्ठित संस्थासँग जोडिएर उपभोक्तालाई विश्वास दिलाउनु जुत्ता उत्पादक सङ्घको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादित वस्तुबारे आम उपभोक्तालाई जानकारी गराउन पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले सरकार मातहतमा सञ्चालन गरिने सुपथ मूल्य पसलमा आगामी दिनमा देशैभर नेपाली जुत्ताका सुपथ मूल्य पसल पनि सञ्चालन गरिने बताउनुभयो । उहाँले सकभर सङ्घले देशैभर वर्षभर नै सञ्चालन गर्ने गरेर सबै नेपाली ब्राण्डमा जुत्ता एकै स्थानमा राखेर बजार सञ्चालनको प्रयास गर्ने बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu