ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि रजिष्ट्रार कार्यालयमा विद्यार्थीको धर्ना


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   १ : ५२   बजे

काठमाडौं १० असोज । त्रिभुवन विश्वविद्यालय त्रिविले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् ।

त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् । यो धर्नालाई आफूहरुले पनि साथ दिएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति अध्यक्ष प्रदीप भण्डारीले बताए ।

धर्नामा बसेका प्रविण दाहालले आजसम्म इयर ग्याप र इयर ओभरल्यापिङ ९एकै वर्षमा दुई वर्षको परीक्षा० का कारण ट्रान्स्कृप्ट नपाएका सम्पूर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलब्ध गराउनुपर्ने आफूहरुको मुख्य माग भएको बताए ।

‘०७५ सालको पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी ०७६ सालमा दोस्रो वर्षमा भर्ना भए, तर परीक्षा फर्म भरेनन्,’ दाहालले भने, ‘०७७ सालमा भने दोस्रो वर्षको आंशिकको रुपमा र तेस्रो वर्षको नियमितको रुपमा परीक्षामा सहभागी गराइयो । ०७८ सालमा चौथो वर्ष परीक्षा पास भइसके । तर त्रिविका पदाधिकारीले ओभरल्यापिङ भएकालाई ट्रान्सकृप्ट दिने नियम छैन भन्छन् ।’

‘नियम छैन भने परीक्षामा सहभागी किन गराइयो रु’ दाहाल प्रश्न गर्दै भन्छन्, ‘त्यसैले ट्रान्स्कृप्ट नपाएका सबै विद्यार्थीहरुलाई ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउनुपर्छ भनेर हामीले माग राखेका छौं ।’

उनले त्रिभुवन विश्वविद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विद्यार्थीहरुको भविष्य धरापमा पारेको आरोप लगाए ।

धर्नामा बसेका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारीले ऐक्यबद्धता जनाएका छन् । उनले विद्यार्थीको माग पूरा जायज भएकाले त्रिविले माग पूरा गर्नुपर्ने बताए । ‘माग पूरा भएन भने थप आन्दोलन गर्छौं,’ भण्डारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu