ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाउपामा रेशम–रञ्जिता मिले, उपाध्यक्षसहित २६ नेता राजेन्द्र महतोको पार्टीमा समाहित


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   ३ : ५७   बजे

काठमाडौं १० असोज । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना पार्टी छोडेका छन्। यादवसहित ती केन्द्रीय सदस्यहरू आफ्नो पदबाट राजीनामा दिएर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिमा समाहित भएका छन्।

उनीहरुले संयुक्त रूपमा विज्ञप्ति जारी गरी नागरिक उन्मुक्ति पार्टी छाडेर राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेको जनाएका छन्।

नाउपा छोड्नेमा मधेश प्रदेशका नेताहरू छन्। केन्द्रीय उपाध्यक्ष यादवसँगै केन्द्रीय सदस्यहरू विरेन्द्र महतो धनुषा०, सुनिता कुमारी महतो धनुषा०, दिनेश यादव धनुषा०, विष्णुनारायण यादव सिरहा०, रामअशिष चौधरी पर्सा०, सरिता महतो चौधरी पर्सा०, पप्पुकुमार महतो पर्सा०, अफताब हवारी पर्सा०, अरुणकुमारी चौधरी बारा०, निराजन चौधरी बारा०, उर्मिला राणा बारा० र पप्पु कुमार बैठा  बारा० छन्।

 

यस्तै, नाउपा छोड्नेको सूचीमा सुनिल कुमार शाह बारा०, मो।तनवीर अख्तर मिकरानी रौतहट०, मुन्ना कुमार जयसवाल  रौतहट०, पुष्पेन्द्र कुमार झा  रौतहट०, मो।कुदृस रौतहट०, मो।सहजाद मिकरानी रौतहट०, तिर्थनाथ चौधरी कलवार सर्लाही०, नाजामुदिन मिकरानी  सर्लाही०, सुरेन्द्र साह
महोत्तरी०, मनोहर कुमार सिंह दनुवार महोत्तरी०, विष्णुदेव सिंह दनुवार  महोत्तरी०, टिकिलिया देवी सादा मुसहर महोत्तरी०, र सुशिला सिंह थारु महोत्तरी० पनि छन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेको केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको गुनासो गर्दै उनीहरुले सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गरेका छन्।

पार्टी नेतृत्व पार्टीलाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेको आरोप समेत उनीहरूले लगाएका छन्। पार्टीभित्र देखा परेको सांगठनिक एंवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका तर नसुध्रिने अवस्था देखेर पार्टीबाट अलग हुने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ।

‘हामीलाई पहिचान सहितको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने कुराको समेत हामीले महसुस गरेका छौँ। अहिले मुलुकले बहुल राष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौँ,’ विज्ञप्तिमा लेखिएको छ।

श्रीमान् श्रीमती समेत रहेका नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच ७ महिनादेखि चुलिएको शक्ति संघर्ष सहमतिमा आएर दुवैले संयुक्त बैठक बोलाएलगत्तै केन्द्रीय उपाध्यक्ष समेत रहेका यादवसहित मधेश केन्द्रीत सदस्यले पार्टी छोडेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu