ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुधबार बढेको नेप्से बिहीबार ३२ अंकले गिरावट


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   ४ : १९   बजे

काठमाडौं १० असोज । बुधबार बढेको नेप्सेले बिहीबार निरन्तरता पाउन सकेन। बुधबार ४९ अंकले बढेको नेप्से बिहीबार ३२ अंकले घटेको हो।

२४७० अंकको हाराहारीमा बजार फर्किने आशामा रहेका लगानीकर्ता नेप्सेले पुन ओरालो यात्रा गरेपछि अलमलमा परेका छन्। बिहीबार ३२।८१ अंकले घटेर २४८६।७६ अंकमा बन्द भएको हो।

कारोबार सुरु भएको केही समय नेप्से बढेर बजार हरियो बनेपनि त्यो टिकाउन बन्न सकेन । ११ बजेर २४ मिनेटपछि ओरालो लाग्न थालेको नेप्से दिनभरजसो निरन्तर ओरालो लाग्दा बजार राताम्मे बन्न पुग्यो। बजार बढ्ने आशामा बसेका लगानीकर्ताले बिहीबार दिनभर नेप्से घट्दा कारोबारलाई पनि खुम्च्याएका छन्।

 

मंगलबार साढे ५ अर्बको कारोबार गरेका लगानीकर्ताले बुधबार घटाएर ४ अर्ब ८१ करोड रुपैयाँको मात्रै कारोबार गरेका थिए। बिहीबार पनि बजार नबढ्ने देखेपछि लगानीकर्ताले ४ अर्ब ८४ करोडको मात्रै कारोबार गरेका हुन्।

बिहीबार बजारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहबाहेक सबै समूहको सूचक घटेको छ। जसमा सबैभन्दा धेरै होटल तथा पर्यटन, जलविद्युत, फाइनान्स समूहको सूचक घटेको हो। यी समूहको सूचक २ प्रतिशत भन्दा धेरैले घटेको हो।

समग्रमा आज कारोबारमा आएका कम्पनीमध्ये २०१ कम्पनीको मूल्य घट्दा ३९ वटा कम्पनीको सेयरमूल्य बढेको हो। बढ्नेमा वीन नेपाल लघुवित्त अगाडि छ। यो कम्पनीको मूल्य ९।८५ प्रतिशतले बढेको हो । घट्नेमा भने ग्रिन भेन्चर कम्पनी रहेको छ। यो कम्पनीको मूल्यमा आज नकारात्मक सर्किट लागेको छ।

यस्तै कारोबारका आधारमा भने अपि पावर कम्पनी अगाडि देखिएको छ। यो कम्पनीको ४७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu