ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ – हेटौँडा जोड्ने दुवै सडक पहिरोले अवरुद्ध


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १२ : २५   बजे

काठमाडौं ११ असोज । हेटौँडा–काठमाडौँ आवतजावत गर्ने छोटो दूरीका दुवै सडक अवरुद्ध भएका छन्।

बिहीबार रातिदेखि परेको भारी बर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बिहीबार राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सुकौरामा पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

 

त्यसगरी हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ पनि बिहीबार बिहानैदेखि अवरुद्ध छ।

बुधबार राति मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ घट्टेपाखामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

अविरल वर्षापछि माथीबाट पहिरो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो अझै हटाउन नसकिएको मकवानपुर प्रहरीको भनाई छ।

सडक विभाग र फास्ट ट्याक आयोजनासँग समन्वय गरी सडकको अवरोध हटाउने पहल गरिए पनि निरन्तरको वर्षाका कारण पहिरो पन्छ्याउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu