ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १२ : ५३   बजे

काठमाडौं ११ असोज । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।

पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुनेगरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडाईंका कारण सयौँले ज्यान गुमाएका छन् ।

जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा ९आदिवासी सङ्गठन० ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो ।

कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।

उहाँले भन्नुभयो, “भूमि विवादको रूपमा सुरु भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।

उहाँका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए ।

पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।
तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेष गरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानुनलाई पालना गर्छन् ।

सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu