ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   १२ : ५५   बजे

काठमाडौं ११ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नुभयो ।

उहाँले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनमा जनताले थप अधिकारहरु प्राप्त गर्नेछन् ।”

उहाँले देशव्यापी रुपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमी सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताउनुभयो । मन्त्री दाहालले आज विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group