ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवा र पोखरा विमानस्थल सञ्चालन भए दोब्बर पर्यटक नेपाल भित्रिन्छन् : अध्यक्ष शाह


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   ३ : २५   बजे

काठमाडौं ११ असोज । नेपाल होटल सङ्घ हान का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल सङ्घलगायत सम्बन्धित सङ्घसंस्थाहरु टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । उहाँले सबै मिले देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्थाभन्दा दोब्बर हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन, राज्यले अवलम्बन गरेका नीति र कार्यक्रमहरुमा होटल सङ्घलगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरु टुगेदर फर टुरिजमको नाराका साथ सम्बन्धित सङ्घसंस्था सबैले काँधमा काँध मिलाएर सहकार्य गरी यो देशको उन्नति र प्रगतिको लागि अघि बढेका छौँ । नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पनि पूर्णरुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्थाभन्दा दोब्बर हुन सक्छन् ।’’

अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढीकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu