ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   ३ : २९   बजे

काठमाडौं ११ असोज । दसैँ, तिहार र छठ लगायतका चाडपर्वलाई विचार गर्दै नेपालगन्ज सहरको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायको बैठकले सवारीसाधन र सर्वसाधारणको चाप हुने सहरका विभिन्न ठाउँमा नवरात्र सुरु हुनु अगाडि नै वान–वे ९एकतर्फी बाटो० सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थानीय गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किंदा त्रिशक्ति मार्गबाट मात्र फर्किन गरी वन–वे बाटो सञ्चालन गर्ने निर्णय भएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले यसका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीले एकआपसमा समन्वय गरेर काम गर्ने बताउनुभयो।

यसैगरी नेपालगन्जको मुख्य बजारभित्र सञ्चालन हुने ठेला, इ–रिक्सा लगायत अन्य सवारीसाधन ट्राफिक अवरोध नहुने गरी प्रचलित ट्राफिक नियम अनुसार सञ्चालन गर्ने गराउने, ट्राफिक प्रहरी कार्यालयले नेपालगन्ज उद्योग बाणिज्य सङ्घसँग समन्वय गरी त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म तीन–तीन दिन पालो गर्ने गरी वन–वे बाटो चलाउन पहल गर्ने, सार्वजनिक बाटोमा यत्रतत्र निर्माण सामग्री राखी बाटो अवरुद्ध गर्ने र ट्राफिक व्यवस्थापनमा असहजता उत्पन्न गराउने कार्यलाई निरुत्साहित गर्ने, निर्माणलगायतका अन्य सामग्री बाटोमा राख्न नदिने सडकपेटी फुटपाथ तलदेखि माथिसम्म पूरै खाली गर्ने लगायतका निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उता, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले चाडबाडका बेला हुने भिडभाड र ट्राफिक चापलाई व्यवस्थित गर्ने गरी विभिन्न निर्णय गरेर कार्यान्वयन सुरु गरिएको बताउनुभयो । उहाँले सवारी साधनबाट जहाँसुकै यात्रु चढाउने र ओराल्ने कार्य गर्दा दुर्घटनाको जोखिम बढेकाले त्यसलाई निरुत्साहित गर्ने, सडकका छाडा पशुचौपायालाई शनिबारको दिन नियमित काञ्जी हाउस पुर्‍याउँदै आएकोमा त्यसलाई निरन्तरता दिने, चाडपर्वका बेला बजार क्षेत्रमा अनुगमनलाई सघन बनाउँदै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सरोकारवाला सबै सक्रिय हुने निर्णय पनि गरिएको बताउनुभयोे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्वको समयमा ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षा प्रमुख प्राथमिकताका विषय भएको जनाउँदै दुबैका लागि सुरक्षा निकाय र सम्बन्धित निकायसँग छलफल गरेर योजना बनाइएको बताउनुभयो । उहाँले विभिन्न कारणले नेपालगन्जको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको जनाउँदै त्यसलाई सही तरिकाले व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक रहेकोले सहयोग गर्न आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu