काठमाडौं ११ असोज । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
गत असोज ६ गते काठमाडौँबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको थियो। उनलाई भोलिपल्ट असोज ७ गते अदालत लगिएको थियो भने अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
शुक्रबार ५ दिनको म्याद सकिएसँगै अदालतले थप ७ दिनको म्याद थप गरेको हो।
जोशीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान अगाडी बढाइएको छ। उनलाई आइतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर कास्की लगिएको थियो।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगीको आरोपमा गत वर्ष माघमा पुरक जाहेरी परेको थियो।
जाहेरी परेको ८ महिनापछि जोशी पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस्